स्वास्थ्यमन्त्री थापाले सबै अंगदान गर्ने

What's This?


Download our app to get more features

काठमाडौं, फागुन १५ – स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो शरीरका सबै अङ्गदान गर्ने घोषणा गरेका छन् ।

पाचौं स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आइतबार भएको कार्यक्रममा मन्त्री थापाले अङ्ग दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेको हो ।

मन्त्री थापाले अरुलाई पनि अङ्गदान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेका छन् । व्यक्तिको निधन भएपछि खेर जाने ८ वटा अङ्ग अरुलाई प्रत्यारोपण गर्न मिल्छ । कुनै कारणले आकस्मिक रुपमा मस्तिष्क मृत्यु भएको प्रमाणित भएमा मिर्गौला, फोक्सो,आँखा, प्यांक्रियाज, सानो आन्द्रा, छाला र मुटु लगायतका महत्वपूर्ण अङ्ग झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।

नेपालमा मानव अङ्ग प्रत्यारोपण तथा निषेध ऐन कार्यान्वयनमा आएपछि अङ्गदान सजिलो भएको छ ।

Last modified on 2017-06-19 17:28:15

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts