४ जनाले पाए उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार 



Download our app to get more features

काठमाण्डौं, १५ फागुन । स्वास्थ्य सेवा दिवसमा स्वास्थ्य मन्त्रालयले विभिन्न व्यक्ति तथा स्वास्थ्य संस्थालाई सम्मान गरेको छ ।

मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार २०७३ पाउनेमा ध्रुवलाल उराव जिल्ला स्वास्थ्य कार्यालय धनकुटा, डा. पवन जंग रायमाझी जिल्ला स्वास्थ्य कार्यालय तनहुँ, उषा अर्याल भट्ट राष्टिय एड्स तथा यौन रोग केन्द्र र मरणोप्रान्त स्व. सुरेन्द्र शाह जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर रहेका छन् ।

त्यसैगरी उत्कृष्ट संस्थाहरुमा तत्कालिन समयमा नेतृत्व सम्हालेका कार्यालय प्रमुखहरुमा डा. शरदचन्द्र बराल जिल्ला स्वास्थ्य कार्यालय अछाम, तत्कालिन कार्यालय प्रमुख भोगेन्द्र डोटेल, डा. गुणराज अवस्थी, तत्कालिन प्रमुख डा. सूर्य प्रसाद भुषाल तत्कालिन प्रमुख टंकप्रसाद चापागाई, तत्कालिन प्रमुख डा. राजेन्द्र प्रसाद शाह, तत्कालिन प्रमुख ज्ञान बहादुर बस्नेत र सुदुर पश्चिमाञ्चलका क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलका प्रमुख डा. शुशिल प्याकुरेल रहेका छन् ।

क्षेत्रगत मुल्याकनमा उत्कृष्ट ठहरिएका जिल्लामा सुदुरपश्चिमबाट जिल्ला स्वास्थ्य कार्यालय अछाम, मध्य पश्चिमाञ्चालबाट जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत, पश्चिमाञ्चलबाट जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही, मध्यमाञ्चलबाट जिल्ला स्वास्थ्य कार्यालय काभ्रे र पुर्वाञ्चलबाट जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा रहेका छन् । 

त्यसैगरी राष्ट्रियस्तरमा प्रगति मुल्याकनमा उत्कृष्ट भएका संस्थाहरुमा जिल्ला स्वास्थ्य कार्यालय अछाम प्रथम, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत द्वित्तीय, जिल्ला जनस्वास्थ्य कार्यालय बैतडी तृत्तीय, श्रेणी अन्तर विधामा पहिलो जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र क्षेत्रस्तरको मुल्याकनबाट उत्कृष्ठ सुदुर पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल रहेका छन् । 

Last modified on 2017-06-23 13:56:40

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts