दादुरा र हाँडे नियन्त्रणमा माल्दिभ्सको भूमिकाको डब्लुएचओद्वारा प्रशंसा

What's This?


Download our app to get more features

काठमाण्डौं, १५ फागुन । माल्दिभ्सले दादुरा र हाँडेरोग उन्मुलन तथा रुवेला नियन्त्रण गर्न प्रशंसनीय प्रयासहरु गरेको भन्दै विश्व स्वास्थ्य संगठनले तारिफ गरेको छ ।

आइतवार डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रिय संगठनले एक विज्ञप्ति जारी गर्दै डब्लुएचओ नेतृत्वमा दादुरा उन्मुलन तथा हाँडे (रुवेला) नियन्त्रण कार्यक्रममा माल्दिभ्सले अभूतपूर्व प्रयास गरेको उल्लेख गरेको हो । साथै माल्दिभ्सले आफ्ना सबै प्रतिवद्धताहरुसमेत पुरा गरेको उल्लेख गरिएको छ । 

दादुरा तथा रुवेला विशेषगरी बच्चाहरुमा देखिने रोग हो । साथै यो रोग दक्षिणपूर्वी एसियाका देशहरुमा बढी देखिएको डब्लुएचओले विज्ञप्तिमा उल्लेख गरेको छ ।

दादुरा उन्मुलन तथा रुवेला नियन्त्रण लागी माल्दिभ्सले एमआर खोप अभियान कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा बालबालिकाको साथै २४ वर्षसम्मका युवायुवतीलाई समेत समेटिएको डब्लुएचओले बताएको छ । एमआर खोप नेपालमा पनि बालबालिकालाई दिने गरिन्छ । 

विज्ञप्तिमा भनिएको छ माल्दिभ्सले सन् २०१० यता कुनैपनि दादुराको केस भेटेको छैन् । यस कार्यक्रमले डब्लुएचओले सन् २०२० सम्म लिइएको लक्ष्य पुरा हुने छ । साथै यस कार्यक्रम बहु क्षेत्रिय र समुदायमा आधारीत स्वास्थ्य लक्ष्य हासिल गर्नको लागी उत्कृष्ट उदाहरण भएकोसमेत उल्लेख गरेको छ ।

डब्लुएचओको तथ्यांक अनुसार दक्षिण पूर्वी एसियन क्षेत्रमा सन् २०१५ सम्म करिव ५४ हजार ५ सय बालबालिकाकोे दादुराका कारण मृत्यु भएको थियो । साथै करिव ५० हजार नवजात शिसुहरुलाई रुवेलाको संक्रमण देखिएको थियो ।

Last modified on 2017-06-23 13:59:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts