स्वदेशमै जोर्नी प्रत्यारोपण, बिरामीलाई वरदान सावित

What's This?


Download our app to get more features

काठमाडौ । गठ्ठाघर भक्तपुरका नानीराम सापकोटा २० वर्षदेखि घुँडा दुख्ने समस्याबाट पीडित भएका थिए । घरजग्गाको काम गर्ने उनलाई दैनिकजसो धेरै ठाउँ हिडडुल गर्नुपर्ने हुन्थ्यो ।  सुरुसुरुमा धेरै हिँडेर दुखेको हुनसक्ने अनुमान लगाएर पीडालाई सामान्य रुपमा लिए । बिस्तारै दुखाइ यति बढ्दै गयो कि राति घुँडा दुखेर निन्द्रा पनि पर्न छोड्यो ।
 
“धेरै ठाउँका डाक्टरलाई देखाएँ तर समस्या जहाँको त्यहिँ नै रहयो, त्यसैले दुखाई कम गर्ने औषधि खाँदै बस्दै गरे नि”, नानीरामले हाम्रो डाक्टरसँग भने, “ अति भएर सहनै नसक्ने भएपछि गत वर्ष असारमा राजधानीको बानेश्वर स्थित निजामति कर्मचारी अस्पताल (सिभिल अस्प्ताल)मा पुनः एक्स–रे गराउँदा बल्ल थाहा भयो, हड्डी त पूरै खिइएर काम नगर्ने अवस्थामा पुगिसकेको रहेछ ।”

सिभिल सर्भिस अस्पतालका निर्देशक समेत रहेका वरिष्ठ अर्थोप्लाष्टि सर्जन डा. दीर्घराज आरसीले कृत्रिम जोर्नी हाल्नुको विकल्प नरहेको बताएपछि झन्डै ३ लाख खर्च गरेर अपरेशन गराएको उनले बताए । अहिले उनि  आफ्नो इच्छाअनुसार जति पनि हिड्न सकेको भन्दै खुशी व्यक्त गरे ।

 
नानीराम सापकोटा एक प्रतिनिधि पात्र मात्र हुन । पछिल्लो समयमा नितम्ब तथा घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्नेहरुका लागि जोर्नी प्रत्यारोपण (अर्थोप्लास्टी ) वरदान जस्तै बनेको डा. दिर्घराज आरसी बताउछन् । 

उपचारका लागि पहिले भारत र अन्य देशमा जान बाध्य भएका नेपालीले अहिले स्वदेशमै जोर्नी प्रत्यारोपण सेवा सुरु भएपछि राहत महशुस  गरेका छन् । -डा. दीर्घराज आरसी, वरिष्ठ अर्थोप्लाष्टि सर्जन तथा निर्देशक, सिभिल सर्भिस अस्पताल

उपचारका लागि पहिले भारत र अन्य देशमा जान बाध्य भएका नेपालीले अहिले स्वदेशमै जोर्नी प्रत्यारोपण सेवा सुरु भएपछि राहत महशुस गरेको उनको भनाइ छ ।निजी अस्पताल मात्र नभएर सरकारी अस्पतालबाट पनि यो सेवा उपलब्ध हुन थालेपछि निम्त आय भएका व्यक्तिले पनि उपचार गराउन सक्ने भएका छन् । डा. आरसीका अनुसार सरकारी अस्पतालमध्ये सिभिल अस्पतालमा मात्र यो सेवा उपलब्ध छ ।

७ वर्षअगाडि भित्रिएको जोर्नी प्रत्यारोपण सेवा निजी क्षेत्रका धेरै अस्पतालले पनि सुरु गरिसकेका छन् । सिभिल अस्पतालमा तीन वर्षदेखि जोर्नी प्रत्यारोपण सेवा सञ्चालन भइरहेको छ । यो सेवा लिन चाहने बिरामीको संख्या बर्सेनी बढ्दो क्रममा छ । जोर्नीले काम गर्न छोडेर अपांगता भएर बस्नुपर्ने बाध्यता भएका बिरामीहरूका लागि यो सेवा निकै प्रभावकारी बन्दै गएको प्रा.डा. आरसी बताउँछन् । 

के हो जोर्नी प्रत्यारोपण ?
उमेर बढ्दै गएपछि घुँडाको जोर्नी खिइने, विभिन्न कारणले जोर्नी बिग्रने, चोटपटकले जोर्नी फुट्ने, संक्रमण हुने साथै जन्मजात खराबीका कारण जोर्नीको उचित विकास नहुनेजस्ता समस्या हुन्छन् । यसको उपचार गराउँदा औषधिले तथा फिजियोथेरापीको माध्यमद्वारा पनि उपचार नभएको खण्डमा कृत्रिम जोर्नीलाई शल्यक्रिया प्रबिधिद्वारा प्रत्यारोपण गरी सामान्य अवस्थामा ल्याउने प्रक्रिया नै जोर्नी प्रत्यारोपण हो । 

औषधि तथा फिजियोथेरापीको माध्यमद्वारा पनि उपचार नभएको खण्डमा कृत्रिम जोर्नीलाई शल्यक्रिया प्रबिधिद्वारा प्रत्यारोपण गरी सामान्य अवस्थामा ल्याउने प्रक्रिया नै जोर्नी प्रत्यारोपण हो ।

पुरानो ठाउँमा प्रत्यारोपाण गर्ने कृत्रिम जोर्नी प्लास्टिक र मेटलले बनेको हुन्छ । यो जोर्नीले एक पटक प्रत्यारोपण गरिसकेपछि १० देखि २० वर्षसम्म काम गर्ने डा. आरसी बताउँछन् । उनका अनुसार कृत्रिम जोर्नीको आयु कति हुन्छ भन्ने कुरा बिरामीको अवस्था र व्यवहारले पनि निर्धारण गर्छ ।एकपटक शल्यक्रिया गरिसकेपछि यदि कसैमा केही समस्या देखिएमा दोहो¥याएर पुनः शल्यक्रिया गर्न सकिने भएपनि दोहो¥याएर गरिने शल्यक्रिया पहिलेको तुलनामा कठिन र जटिल हुने डा. आरसीले बताए । 

सामान्यतया मानिसको जोर्नी किन खिइन्छ ?
डा. आरसीका अनुसार शरीरका जोर्नी खिइने धेरै कारणहरू छन् । आधुनिक जीवनशैलीको नाममा निष्कृय जीवनशैलीले मानिसलाई विभिन्न रोगको शिकार बनाइरहेको छ । सन्तुलित खानपानको अभाव, शारीरिक कसरतको कमी, एकैपटक धेरै हिँडडुल गर्ने प्रवृत्ति, मोटोपना,  शरीरमा आवश्यक क्याल्सियमको कमी आदिका कारण जोर्नी खिइने गरेको पाइएको छ ।

सन्तुलित खानपानको अभाव, शारीरिक कसरतको कमी, एकैपटक धेरै हिँडडुल गर्ने प्रवृत्ति, मोटोपना,  शरीरमा आवश्यक क्याल्सियमको कमीबाथको कारण, स्टोराइड औषधिको सेवनका कारण पनि जोर्नी खिइन्छ । कहिलेकाहीँ जोर्नीमा हुने विभिन्न संक्रमणहरू (टिबी, घाउ) आदिका कारण पनि जोर्नी खिइन्छ ।

त्यसबाहेक जोर्नीमा चोटपटक लागेर संक्रमण भएमा पनि बिस्तारै खिइँदै जान्छ । जन्मजात जोर्नी बिग्रिएर आएकाहरूको पनि जोर्नी खिइन्छ । यसलाई ‘प्राइमरी कम्प्लेक्समेन्ट’ भनिन्छ । शरीरको कुनै भित्री कारण सुजन भएर पनि जोर्नी खिइने हुन्छ । यो प्रकारको खियाइलाई ‘इन्फ्लामेन्ट्री आर्थराइटिस’ भनिन्छ । त्यसबाहेक बाथको कारण, स्टोराइड औषधिको सेवनका कारण पनि जोर्नी खिइन्छ । कहिलेकाहीँ जोर्नीमा हुने विभिन्न संक्रमणहरू (टिबी, घाउ) आदिका कारण पनि जोर्नी खिइन्छ ।

जोर्नी खिइने समस्या यही उमेरमा देखापर्छ भन्ने हुँदैन । उमेरभन्दा पनि के कारणले खिइएको हो, त्यसमा भर पर्छ । प्राकृतिक रूपले हेर्दा उमेर बढ्दै गएपछि बिस्तारै जोर्नी कमजोर हुँदै जाने हो । यसको कुनै कारण नै हुँदैन । यस्तो जोर्नी खियाइलाई ‘प्राइमरी ओस्टियोअर्थराइटिस’ भनिन्छ ।

त्यस्तै घुँडा तथा नितम्बमा कुनै दुर्घटनाका कारण फ्याक्चर भयो या राम्रोसँग जोडिएन भने पछि गएर जोर्नी खिइन्छ र काम नदिने हुन्छ । यसलाई ‘सेकेन्डरी ओस्टियोआर्थराइटिस’ भनिन्छ । कसैकसैमा जन्मजात जोर्नी बिग्रिएर आउने हुन्छ । त्यसैले यो समस्या जुनसुकै उमेरका मानिसमा देखिन सक्छ । 

कुन उमेर समुहमा जोर्नी प्रत्यारोपण गर्न सकिन्छ?
जोर्नी प्रत्यारोपण सेवाको लागि उमेरको हदबन्दी नहुने डा. आरसी बताउछन् । कुनै गम्भीर प्रकृतिका रोग लागेका मानिस, जसको शल्यक्रिया गर्दा ज्यान नै जाने जोखिम हुने भएमा प्रत्यारोपण गर्न सकिँदैन । सिभिल अस्पतालमा २० देखि ८३ वर्ष उमेरसम्मका बिरामीले यो सेवा लिएको डा. आरसीले बताए ।

महिला बढी पीडित 
जोर्नी खिइने समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने गरेको छ । अधिकांश महिलामा ३०–४० वर्षपछि नै जोर्नीको समस्या देखा पर्ने गरेको पाइन्छ । कतिपय महिलामा हिपको जोर्नी दुखेर हिँड्नै नसक्नेसम्मको समस्या देखिने गरेको छ  ।

प्रायः घरको काम गर्दा महिलामा शरीरको जोर्नी बढी चल्ने, काम गर्दा बढी दबाब पर्न जाने भएकाले पुरुषको तुलनामा महिलामा बढी समस्या देखिएको हो । यद्यपि, पुरुष पनि उत्तिकै  पीडित छन्  । 

प्रायः घरको काम गर्दा महिलामा शरीरको जोर्नी बढी चल्ने, काम गर्दा बढी दबाब पर्न जाने भएकाले पुरुषको तुलनामा महिलामा बढी समस्या देखिएको हो । यद्यपि, पुरुष पनि उत्तिकै  पीडित छन् 

जोर्नी खिइँदैछ भनेर कसरी थाहा पाउने ?
जोर्नी खिइएको थाहा पाउन कुनै गाह्रो छैन । सामान्य मान्छेमा जोर्नीमा दुखाइ हुँदैन । जोर्नी खिइएका मानिसमा भने ती स्थानमा दुखाइ हुन्छ । पीडित व्यक्ति पलेंटी मारेर बस्न सक्दैन । भुइँमा थ्याच्च बस्न पनि सकिँदैन । दिसा गर्न बस्दा दुखेको महसुस हुन्छ ।

 

जोर्नी खिइएका मानिसमा भने ती स्थानमा दुखाइ हुन्छ । पीडित व्यक्ति पलेंटी मारेर बस्न सक्दैन । भुइँमा थ्याच्च बस्न पनि सकिँदैन । दिसा गर्न बस्दा दुखेको महसुस हुन्छ ।घुँडाको जोर्नी खिइएको व्यक्तिलाई  उकालो–ओरालो गर्दा निकै गाह्रो हुन्छ । दुखाइ कम गर्ने औषधि खाँदा एक–दुई घन्टा त ठिक होला, तर केही समयपछि पुनः दुख्न थाल्छ ।

घुँडाको जोर्नी खिइएको व्यक्तिलाई  उकालो–ओरालो गर्दा निकै गाह्रो हुन्छ । दुखाइ कम गर्ने औषधि खाँदा एक–दुई घन्टा त ठिक होला, तर केही समयपछि पुनः दुख्न थाल्छ । जोर्नी खिइने चार चरण हुन्छन् । खियाई कुन चरणमा पुगेको छ भनेर हाडजोर्नी रोग विशेषज्ञलाई जाँच गराएपछि मात्रै थाहा हुन्छ । पहिलो र दोस्रो चरणको खियाइमा बिरामीलाई औषधि दिने, नियमित एक्सरसाइज गराउने र शरीरको तौल नियन्त्रण गर्न सुझाव दिइन्छ । दोस्रो चरणको अवस्थामा यस्तै केही औषधि सेवन गर्ने, फलफूल, भिटामिन डी र प्रोटिनयुक्त खानेकुरा बढी खानुपर्छ ।

जोर्नी खियाइको क्रम तेस्रो या चौथो चरणमा पुगेको छ भने उपचारको प्रक्रियामा फरक ढंगले अगाडि बढ्नुपर्छ । यो चरणमा पुग्दा जोर्नी खिइएर काम नगर्ने अवस्थामा पुगिसकेको छ भने जोर्नी नै फेर्नुपर्छ ।  

अन्तिम विकल्प कृत्रिम जोर्नी प्रत्यारोपण 
यदि जोर्नी खिइएर काम नगर्ने अवस्थामा पुगेको छ भनेत्यसको कुनै उपचार नै हुँदैन । कि दुखाइ कम गर्ने औषधि सेवन गरेर त्यत्तिकै बस्नुप¥यो । नत्र सामान्य जीवनयापन गर्न, हिँडडुल गर्न खिइएको जोर्नीको ठाउँमा कृत्रिम जोर्नी प्रत्यारोपण गर्नुप¥यो । त्यसको विकल्प केही हुँदैन ।

हरेक कुराको राम्रो र नराम्रो दुवै पक्ष हुन्छन् । राम्रो पक्षको कुरा गर्दा एकपटक जोर्नी फेरिसकेपछि बिरामी लामो समयसम्म दुखाइको पीडाबाट मुक्त रहने भयो । उसले आफ्नो समय उपलब्धिमूलक काममा लगाउन सक्ने भयो । जोर्नी बदलेपछि नियमित औषधि पनि खानुपर्दैन ।

जोर्नी फेर्नुको फाइदा भनेकै यही हो । बेफाइदा भन्ने हो भने आर्थिक रूपमा ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । कृत्रिम जोर्नी भएकाले आफ्नो शारीरिक गतिविधिप्रति सधैं सचेत रहुपर्छ ।

महँगो छ जोर्नी प्रत्यारोपण
निजी तथा सरकारी अस्पतालबाट पनि जोर्नी प्रत्यारोपण सेवा नेपालमा सुरु भएपछि यसैका लागि नेपालीहरू बिदेसिनुपर्ने बाध्यता अब रहेन । तर, यो सेवा नेपालमै सुरु भए पनि महँगो हुने भएकाले सबैको पहुँचमा भने पुग्न नसकेको चिकित्सकहरू बताउँछन् । 

निजी क्षेत्रका धेरै अस्पतालमा यो सेवा उपलब्ध भए पनि सरकारीमा सिभिल सर्भिस अस्पतालमा मात्र उपलब्ध छ । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जले पनि फाट्टफुट्ट रूपमा सेवा दिँदै आएको छ । अन्य अस्पतालको तुलनामा सिभिल सर्भिस अस्पतालमा जोर्नी प्रत्यारोपण सेवा सस्तो भएकाले बिरामीको पहिलो रोजाइमा पर्न थालेको छ ।

“सरकारी अस्पतालमा शल्यत्रिया गराउदाको शुल्क १० हजार मात्र राखिएकाले निजीको तुलनामा निजी अस्पतालको तुलनामा भने हाम्रोमा आधा शुल्कमै गर्न सकिन्छ” । -डा. आरसी

जोर्नी प्रत्यारोपण गर्दा चाहिने कृत्रिम जोर्नी बिरामी आफैंले किन्नुपर्ने भएकाले यो सेवा निकै महँगो मानिन्छ । निजी अस्पतालमा यसका लागि ३ देखि ५ लाख रुपैयाँसम्म लाग्छ ।सरकारीमा भने डेढदेखि अढाई लाख रुपैयाँसम्म लाग्ने गर्छ  । 

“सरकारी अस्पतालमा शल्यत्रिया गराउदाको शुल्क १० हजार मात्र राखिएकाले निजीको तुलनामा निजी अस्पतालको तुलनामा भने हाम्रोमा आधा शुल्कमै गर्न सकिन्छ”डा. आरसीले भने । 

प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्न हुँदैन । पलेंटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उफ्रिने, धेरै उकालो–ओरालो हिँड्ने, रुख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकहरु बताउछन् ।  

Last modified on 2017-06-19 17:36:53

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts