स्वास्थ्य मन्त्रालयले राजधानीकै लागि १ सय २० जना करारमा स्वास्थ्यकर्मी माग्यो



Download our app to get more features

काठमाण्डौं, १४ फागुन । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा टेकुले मन्त्रालयको योजना अनुरुप शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनका लागि करार सेवामार्फत १ सय २० जनालाई पदपूर्ति गर्र्ने सूचना जारी गरेको छ ।

आर्थिक बर्ष ७३ ७४ अनुसार स्वास्थ्य सेवा विभागको प्राथमिक स्वास्थ्य सेवा, पुनर्जागरण महाशाखाले काठमाण्डौ महानगरपालिका भित्रका १० वटा वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना तथा संचालनका लागि मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, हेल्थ असिस्टेन्ट , लेखा प्रशासन सहायक, कार्यालय सहयोगी नियुक्त गर्ने निर्णय गरेको हो ।

उल्लेखित पदहरुमा दर्खास्त दिन १५ दिनको समयसीमा तोकिएको छ।

Last modified on 2017-06-19 17:37:31

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts