पोखरामा भेटियो बर्डफ्लु



Download our app to get more features

पोखरा, १४ फागुन । पोखरामा बर्डफ्लु फेला परेको छ । पोखरा खाल्टेमसिना १८ निवासी मिना परियारले पालेका हाँस कुखुरा मरेपछि जाँच गर्दा बर्डफ्लु पुष्टि भएको हो । 

स्थानीय प्रशासनले आज बिहान खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गर्दै पन्छिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न अपिल गरेको छ ।

परियारको घरमा पालिएका ११ वटा लोकल कुखुरा र १७ वटा हाँस मरेपछि फागुन ६ गते सेम्पलिङका लागि क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला पठाइएको थियो । क्षेत्रबाट केन्द्रीय पशुरोग अन्वशेषण प्रयोगशाला पठाइएकोमा जाँच गर्दा बढी संक्रमित हुने एच–फाइव एन–वान जिवाणु भेटिएको हो ।

नेपालमा २०६५ साल माघमा पहिलोपटक झापाको मेचिनगरमा बर्डफ्लु भेटिएको थियो ।
 

Last modified on 2017-06-23 14:06:36

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts