पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा, आफन्तलाई ३० प्रतिशत छुट



Download our app to get more features

विराटनगर (पानीट्याङ्की), १४ फागुन । विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको सेवा सुविधा सार्वजनिक गरेको छ । 

केही दिनअघि आफ्नो वार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे जानकारी सार्वजनिक गरेको हो । 

अस्पतालमा पाउने निःशुल्क सेवामा ओपिडी सेवा, एक्सरे, अल्ट्रासाउन्ड, बेड चार्ज, इसिजी आदि सेवा निःशुल्क छन् भने ल्याबमा हर्मोनल टेस्टबाहेकका अन्य सेवा निःशुल्क गरिएको छ । 

यस्तै पत्रकारका आमा, बुबा, छोराछोरी, श्रीमान–श्रीमतीलाई ३० प्रतिशत छुटमा उपचार गर्ने अस्पतालले जनाएको छ । रासस
 

Last modified on 2017-06-23 14:07:41

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts