सेनासँगको सहकार्यमा १० वटा जिल्लामा सघन स्वास्थ्य शिविर गरिने

What's This?


Download our app to get more features

काठमाडौं, १३ फागुन । स्वास्थ्य मन्त्रालयले नेपाली सेनासँगको सहकार्यमा तराईका १० जिल्लामा साताव्यापी सघन स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयका अनुसार फागुन २२ गते देखि २८ गतेसम्म तराईका १० जिल्लामा एकहप्ते सघन स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

सचिव डा। सेनेन्द्रराज उप्रेतीद्धारा जारी पत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जिल्लाहरु बारा, पार्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, सिरहा, मकवानपुर र सिन्धुली रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयद्धारा जारी सूचना अनुसार पहिलो निशुल्क स्वास्थ्य शिविर रौतहटको गौरमा सञ्चालन हुने छ । उक्त शिविरमा पाठेघर खस्ने समस्या, हाइड्रोसिल, हर्निया, पाइल्स लगायत छाला रोग, दाँत रोगकोसमेत शल्यक्रिया गरिने उल्लेख छ ।

शिविरमा बिरामीलाई सेवा उपलब्ध गराउन मन्त्रालयले  १० वटै जिल्लाका जनस्वास्थ्य कार्यालयमा पत्राचार गरेको छ ।

 

Last modified on 2017-06-23 14:11:27

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts