जिब्रोमा क्यान्सर किन हुन्छ ? (भिडियो सहित)



Download our app to get more features

छिल्लो समय नेपालमा मात्र नभएर विश्वभरी नै जिब्रोको क्यान्सरका बिरामी बढीरहेका छन् । नेपाल जस्तो विकासोन्मुख देशमा जिब्रोको क्यान्सर अझ भयावह बन्दै गएको छ । जिब्रोको क्यान्सर किन र कसरी हुन्छ एवं यसबाट कसरी बच्ने ? मुखरोग विशेषज्ञ डाक्टर सुभाष घिमिरेसँग गरिएको कुराकानी : 

जिब्रोको क्यान्सर भनेको के हो ?
जिब्रोमा कोषहरुको संख्या अत्याधिक वृद्धि हुनु वा कोषहरुले सन्तुलित काम नगर्नुलाई नै जिब्रोको क्यान्सर भनिन्छ ।

जिब्रोमा के कारणले क्यान्सर हुन्छ ?
जिब्रो मुख भित्रका अंग मध्ये सबै भन्दा बढी चलायमान हुने अंग हो । यो निकै संवेदनशील पनि हुन्छ । त्यस कारण जिब्रोलाई स्वस्थ राख्न सधै सचेत हुनुपर्छ । सामान्यतया क्यान्सर यही कारणले मात्र हुन्छ भन्ने छैन् । यद्यपी विशेष गरेर निम्न लिखित कारणले जिब्रोको क्यान्सर हुन्छ :

१. तिखा दात वा नमिलेका दात भए जिब्रोलाई बारम्बार घोच्छ वा छुन्छ, जसले गर्दा जिब्रोमा घाउ हुन्छ । यही घाउनै पछि क्यान्सरको मूख्य कारण बन्न सक्छ ।
२. धारिलो कुराले जिब्रो सफा गर्दा जिब्रोमा घाउ हुनसक्छ ।
३. मध्यपान, धुम्रपानको बढी प्रयोग ।
४.जिब्रोमा कुनै घाउ आयो भने अनुमानका भरमा औषधि सेवन गर्नु ।
५.शरीरलाई चाहिने आवश्यक पोषणको कमी हुनु ।
६. वंशाणुगत गुण ।

जिब्रोको क्यान्सरका लक्षणहरु यस्ता हुन्छन् 
१.जिब्रोमा गाँठागुठी आउने ।
२. जिब्रोको वरपरी सेता, राता दाना जस्ता विविरा देखिने ।
३. गन्ध आउने ।
४. जिब्रोमा कुनै घाउ भए लामो समय निको नहुने ।
५. पानी जस्तो सेतो तरल पदार्थ बग्ने ।
६. सुतेको बेलामा जिब्रोबाट रगत बग्ने ।

जिब्रोको क्यान्सर हुन नदिन यसो गर्ने :
१.दात तिखा छन् वा नमिलेका छन्, पटकपटक जिब्रोलाई घोची रहन्छ भने दात मिलाउने ।
२.धुम्रपान मद्यपान नगर्ने ।
३. पोषण युक्त सन्तुलित खाना खाने ।
३. जिब्रो सफा गर्दा धारिलो कुराको प्रयोग नगर्ने । नरम ब्रसले हल्का दुई, तीनपटक सफा गरे पुग्छ ।
४. शरीरलाई चलायमान राख्ने । 
५. जिब्रोमा कुनै घाउ खटिरा आए जथाभावी औषधिको प्रयोग नगर्ने ।
६. कम्तिमा वर्षको एक पटक विशेषज्ञकोमा जिब्रोको परीक्षण गराउँने ।

जिब्रोको क्यान्सर सबै लिंग, उमेर समुहका मानिसलाई भए पनि महिलामा बढी हुन्छ । 

जिब्रोमा हुने क्यान्सर शरीरका अन्य भागमा सर्ने संभावना पनि अत्याधिक हुन्छ । त्यस कारण कुनै पनि लक्षण देखिए विशेषज्ञकोमा परीक्षण गराउन ढिला गर्नुहुँदैन ।

सुरुवाती चरणमा उपचार गराए जिब्रोको क्यान्सर पूर्ण रुपमा निको हुन्छ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-23 14:13:15

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts