के गाँजाले फाइदा गर्छ ? 



Download our app to get more features

काठमाण्डौं  । भगवान शिवको पूजा आराधना गरेर महाशिवरात्रि मनाइरहँदा कतिपय मानिस शिवको प्रसाद मानेर गाँजातिर झुम्मिन थालिसके । गाँजालाई व्याख्या गर्ने हाम्रो समाजमा दुईथरी मान्यता छ । एकथरीले यसलाई घातक लागूपदार्थको रुपमा हेर्छ भने अर्कोथरीले गाँजाका फाइदाहरुको बारेमा चर्चा गर्छ र गाँजा पिउँछ ।

यहाँ गाँजाका केही फाइदाहरु जो वैज्ञानिकरुपमा स्थापित भएका छन् तिनको बारेमा व्याख्या गरिएको छ । जुन बेलायतमा भएको अध्ययनमा आधारित हो ।

वैज्ञानिकका अनुसार गाँजाको पातमा ८० भन्दा बढी प्रकारका तत्वहरु पाइन्छ । अध्ययनहरुका अनुसार मानिसको अंगहरुलाई यी तत्वहरुले फाइदा पुर्याउने गर्दछ ।

गाँजाको हरियो पातरुमा केहि त्यस्ता रसायन हुन्छन् । जसबाट धेरै प्रकारका स्वास्थ्य फाइदाहरु प्राप्त हुन्छ । वैज्ञानिकका अनुसार गाँजाको पातमा ८० भन्दा बढी प्रकारका तत्वहरु पाइन्छ । अध्ययनहरुका अनुसार मानिसको अंगहरुलाई यी तत्वहरुले फाइदा पुर्याउने गर्दछ । यसले तपाईंको व्यक्तिगत आवश्यकता पहिल्याउन धेरै सहयोग गर्दछ । गाँजाको हरियो पातमा पाइने टिएचसी अर्थात टेट्राहाइड्रोक्यान्नविनोलले शरीरलाई आनन्द दिने र मश्तिष्कलाई लठ्याएर शरीरलाई सकरात्मक प्रभाव पार्ने वैज्ञानिकहरुको दावी छ । टिएचसी तत्वले विशेषगरी व्यवहार, चेतना, स्वभाव, मनस्थिति र अनुभव गर्न सक्ने क्षमतालाई सक्रिय बनाइदिन्छ ।

विशेषगरी गाँजालाई प्राकृतिक चिकित्सा विज्ञानले दुखाई कम गर्ने र पाचन प्रणाली मजबुत गर्ने जडिबुटि औषधिको रुपमा प्रयोग गरिन्छ । तर यसको दुरुपयोग बढेपछि यसको विकल्पको रुपमा अन्य एलोप्याथिक औषधि प्रयोग गर्ने चलन बढेको विज्ञहरुको तर्क छ ।

विशेषगरी गाँजालाई प्राकृतिक चिकित्सा विज्ञानले दुखाई कम गर्ने र पाचन प्रणाली मजबुत गर्ने जडिबुटि औषधिको रुपमा प्रयोग गरिन्छ । तर यसको दुरुपयोग बढेपछि यसको विकल्पको रुपमा अन्य एलोप्याथिक औषधि प्रयोग गर्ने चलन बढेको विज्ञहरुको तर्क छ । टिएचसि ए लाई टेट्राहाइड्रोक्यान्नविनोल एसिड अर्थात बायोसिन्थेटिक प्रेकर्सर पनि भनिन्छ । यो तत्व टेट्राहाइड्रोक्यान्नविनोल तत्वमा अन्य रसायनिक तत्वहरु मिसाएर बनाइएको हुन्छ । जसले मस्तिष्कलाई लठ्याएर शरीरलाई सकरात्मक प्रभाव पारी शरीरका अन्य अंगहरुको उपचार गरीन्छ । आधुनिक चिकित्सा पद्धतिमा यसलाई शरीरमा कुनैपनि अंग सुन्निने समस्यामा एण्टि इन्फ्लामेटरी, एण्टिमेटिक, एण्टि प्रोस्टेट क्यान्सर, एण्टि भोमटिंग र न्यूरोप्रोटेक्टिभ मा प्रयोग गरीन्छ ।

त्यस्तै गाँजामा पाइने अर्को महत्वपुर्ण तत्व भनेको टेट्राहाइड्रोक्यान्नविभेरीयन हो, यसलाई मेडिकल भाषामा टिएचसि भि भनिन्छ । जुन गाँजामा डोरी जस्तो भएर स साना अणुहरुमा विभाजन भएर रहन्छन् । यसले टिएचसि भन्दा फरक तरिकाले शरीरमा काम गर्दछ । जस्तै भोक जगाइने तन्तुहरुलाई क्रियासिल गर्ने गर्दछ । यसलाई रगतमा पाइने सुगरलाई कम गर्ने र शरीरको हड्डी बढ्न सहयोग पुर्याउने गर्दछ । त्यस्तै अर्को तत्व भनेको क्यान्नविडियोल क्यान्नविन्योवाइड हो । यसलाई सिबिडि भनिन्छ । यसलाई ड्भेट सिण्ड्रोम भएका बिरामीहरुका लागी ओषधिमा प्रयोग गरीन्छ । जसलाई बजारमा एपिडियोलेक्स नामबाट बिक्रि गरिन्छ ।

गाँजामा पाइने तत्वहरुबाट विकसित मुलुकमा अति महंगा औषधिहरु बनिरहेका छन् । औषधिको रुपमा प्रयोग हुने गाँजामा पाइने तत्वहरु सीवीडी ए, सीवीसी, सीवीसी ए, सीवीजी र सीवीजी ए हुन् । यि तत्वहरुलाई उचित प्रशोधन गरी औषधि बनाउन सकिन्छ ।

यस्तै गाँजामा पाइने तत्वहरुबाट विकसित मुलुकमा अति महंगा औषधिहरु बनिरहेका छन् । औषधिको रुपमा प्रयोग हुने गाँजामा पाइने तत्वहरु सीवीडी ए, सीवीसी, सीवीसी ए, सीवीजी र सीवीजी ए हुन् । यि तत्वहरुलाई उचित प्रशोधन गरी औषधि बनाउन सकिन्छ । यसको दुरुपयोग भन्दा सदुपयोग गरी प्रशोधन गरी उच्चस्तरीय र गुणस्तरीय औषधि उत्पादन गर्न सकिन्छ । तलको तालिकामा गाँजाको फाइदाहरु देखाइएको छ । यो कुनै बनावटी कुरा नभई वेलायतका औषधि उत्पादक संस्थाहरु र वैज्ञानिकहरुले गरेको अनुसन्धानलाई पोटगाइड डटकमले प्रकाशित गरेको अध्ययनमा प्रकाशित तालीका हो ।

एजेन्सीको सहयोगमा

Last modified on 2017-06-23 14:17:41

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts