नयाँ अध्ययन : बढि उमेरका आमाबाट जन्मिने बच्चा स्मार्ट हुने 



Download our app to get more features

एजेन्सी । बढि उमेरका आमाहरु त्यति बेला अफ्ठ्यारो र दबावको महशुस गर्दछन् जब समाचारहरुमा बढी उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई जोखिम हुने उल्लेख गर्दछन् ।

यस्ता समाचारले यिनीहरुलाई हैरानी र तनावबाहेक अरु केही दिँदैन । समाचार जे जस्तो आए पनि एउटा अध्ययनको निचोडले भने त्यस्ता आमाहरुलाई खुशीको खबर दिएको छ । आमाको उमेर बढी भएमा त्यस्ता अमाहरुबाट जन्मने बच्चाहरु स्मार्ट हुने उक्त अध्ययनले तथ्य प्रस्तुत गरेको छ ।

बच्चासँगै आमाको स्वास्थ्य जीवनशैली र मजबूत आर्थिक अवस्था हुने समेत अध्ययनको निश्कर्ष छ । लण्डन स्कुल अफ इकोनोमिक्स र म्याक्स प्लन्कइन्स्टिच्यूट फर डेमोग्राफिक रिर्सचले गरेको नयाँ अध्ययन अनुसार बढी उमेरमा जन्मिएको बच्चा स्मार्ट अर्थात स्वस्थ, चलाख र सुन्दर हुने दावी गरिएको छ । मेडिकल डेलीमा प्रकाशित अध्ययनअनुसार सन् २००१ यता गरीएको अध्ययनमा बढी उमेरमा जन्मिएका बच्चा पहिलेको तुलनामा स्मार्ट रहेको उल्लेख छ ।

अध्ययनकर्ताहरुले जन्मजात बच्चाहरु स्मार्ट भएपनि उनीहरुको व्यवहार अन्य सामान्य अवस्थामा जन्मिएको बच्चाहरुमा भन्दा निकै छिटो परिवर्तन हुन सक्छन् । जसबाट उनीहरु आफ्ना आमाबुबाको कार्यशैली छिटो छिटो सिक्न सक्छन् । अध्ययनकर्ताहरुले सन् २००१ मा जन्मिएका बच्चाहरु र सन् १९५८ देखि ७० सम्म जन्मिएका बच्चाहरु बीच बौद्धिक परिक्षणसमेत गरेका थिए । जसमा सन् २००१ यता बढी उमेर भएका आमाहरुबाट जन्मिएका बच्चाहरुमा अधिक बौद्धिक क्षमता देखिएको थियो । अध्ययनकर्ता प्रमुख डा.एलिस गोइसिस्ले अध्ययनले पहिलो तथ्यमा त्यस्तो बच्चाहरुमा आमाको व्यबहार बच्चाहरुले छिटो सिक्ने र उनीहरु आफ्नो व्यबहारमा आमाजस्तै उत्तरदायी बन्ने समेत बताइन् । उनले भनिन् एउटै परिवारमा पनि जेठो छोरा र कान्छो छोरा बीचको जन्मान्तरमा आमाको उमेर बढ्दै गएपछि जन्मिएको कान्छो छोराको बच्चाको बौद्धिक क्षमता बढी रहेको अध्ययनले देखाएको छ ।

वैज्ञानिकहरुका अनुसार हरेक आमाबाबुले आफ्ना सबै छोराछोरीलाई बराबरी उत्तेजना, रचनात्मक व्यवहार, भावनात्मक संवेग, माया, ममता आदी दिएका हुन्छन् र बच्चाहरुले त्यहि अनुसार ग्रहण गर्दछन । आमाले यस्तो रचनात्मक व्यवहार बढाउन उनीहरुसंगै खेल्ने, पढ्ने आदि गरेमा उनीहरुको बौद्धिक क्षमताको स्तर माथि पुग्छ । बैज्ञानिकहरुको यो मान्यता अनुसार आमाको उमेर बढी भएपछि जन्मिएको बच्चाहरुमा रचनात्मक व्यवहार चाँडै सिक्ने क्षमता रहेको हुन्छ ।

Last modified on 2017-06-23 14:23:13

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts