महिलामा हुने स्तन क्यान्सरका कारण र बच्ने उपाय(भिडियो सहित)



Download our app to get more features

हिलामा पाठेघरको मुखको क्यान्सर पछि स्तन क्यान्सरको जोखिम बढिहुने गरेको छ । निकै भयावह बन्दै गएको स्तन क्यान्सर बारे जनरल सर्जन डाक्टर उदिता मिश्रसँग कुराकानी गरेर तयार पारिएको सामग्री :

महिलाहरुमा धेरै हुने क्यान्सर मध्ये स्तन क्यान्सर पनि एक हो । पुरुषको तुलनामा महिलामा ९९ प्रतिशत स्तन क्यान्सर हुने संभावना बढी हुन्छ । स्तन क्यान्सर यही कारणले मात्र हुन्छ भन्ने छैन् । तर अहिलेसम्मको अध्ययन अनुसार महिलाहरुमा स्तन क्यान्सर हुने मूख्य कारण यस्ता छन् :
१.बच्चा नजन्माउनु ।
२.सानो उमेर वा बढी उहेरमा बच्चा जन्माउनु ।
३.बच्चालाई स्तनपान नगराउनु ।
४.उमेर अनुसार तौल नियन्त्रण नहुनु ।
५.बढी मध्यपान गर्नु ।
६.बंशाणुगत गुण ।

स्तन क्यान्सरका लक्षण :
स्तनको क्यान्सरका लक्षण परीक्षण बिना ढीला मात्र थाहा हुन्छ । सुरुवाती चरणमा कुनै पीडाबोध नहुन पनि सक्छ । तर यस्ता लक्षण वा समस्या देखिए स्तन क्यान्सर हुन सक्छ ः
१.स्तनमा नदुख्ने गाँठागुँठी आउने ।
२.स्तनको आकार सानो ठुलो हुने ।
३.स्तनको टुप्पो रातो, वा खैरो डामजस्तो हुने ।
४.स्तन सुनिन्ने ।
५.स्तनको टुप्पोबाट सेतोे पिप जस्तो पदार्थ बग्ने ।
६.स्तन थिच्दा दुख्ने ।
७.स्तनको छाला सुन्तलाको बोक्रा जस्तो रंगको हुने ।

स्तन क्यान्सर बढी १८/१९ वर्ष देखि ४०/४५ वर्षका महिलामा बढी हुने गर्छ । 

स्तन क्यान्सर भए/नभएको आफैले कसरी थाहा पाउँने :
माथिका कुनै पनि लक्षण देखिए वा महिनाको एक पटक ऐना अगाडी उभिएर दुवै स्तनको साइज बराबर छ की छैन तुलना गर्ने । ¬(याद गर्नु पर्ने कुरा थोरै स्तनको साइज सानो ठुलो हुन्छ) धेरै नै सानो ठुलो भए परीक्षण
गराउँने ।

बच्ने उपाय :
१.बच्चा जन्माएका वा ४० वर्ष कटेका महिलाले कम्तिमा वर्षको एक पटक स्तनको परीक्षण गराउँने ।
२.बच्चालाई स्तनपान गराउने ।
३.शरीरलाई सधै चलायमान राख्ने ।
४.कुनै पनि लक्षण देखिए वा समस्या आए तुरुन्त विशेषज्ञ कहाँ परीक्षण गराउने । 
स्तन क्यान्सरको सुरुवाती चरणमै उपचार भयो भने पूर्ण रुपमा ठीक पार्न सकिन्छ । वेलैमा उपचार नभए शरीरका अन्य भागमा पनि सर्न सक्छ ।

भिडियो हेर्नुस् ।

Last modified on 2017-06-23 14:32:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts