NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

एक चिकित्सकको खुला पत्र 
‘म कस्तो डक्टर बन्दैछु ?’

एक चिकित्सकको खुला पत्र 

Deurali_Janta_Pharmaceutical

काठमाण्डौं ८, फागुन । काठमाण्डौं विश्वविद्यालय अन्तरगतको एक मेडिकल क्याम्पसमा इन्टर्न डक्टर मुकुल ढकालले प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, शिक्षा मन्त्री लगायत सरोकारवालाहरुलाई खुला पत्र पठाउनुभएको छ । मेडिकल शिक्षा, त्यहाँको वातावरण र नयाँ डाक्टरहरुले व्यहोर्नु परेका अमर्यादित र अमानवीय सन्दर्भ र घट्नाहरु केलाएर डा. ढकालले लेखेको खुला पत्र हामीलाई प्राप्त भएको छ ।

 

सम्माननीय प्रधानमन्त्री ,
नेपाल सरकार
माननीय स्वास्थ्य मन्त्री ,नेपाल सरकार
माननीय शिक्षा मन्त्री ,नेपाल सरकार
आदरणीय अध्यक्ष ,नेपाल मेडिकल काउन्सिल
आदरणीय उपकुलपति, काठमाडौँ विश्वविद्यालय।।

विषय : मलाई कस्तो डाक्टर बनाउन खोज्नु भएको ।

 

सम्माननीय, माननीय एवं आदरणीयहरू, 

म एक इन्टन विद्यार्थी हुँ । डाक्टरी पढाइ (MBBS) ​ को ५ वर्ष सकिनामअगाडि डा।भिरेर इनटर्नको रूपमा काम गरिरहेको र सिकिरहेको ६ महिना भइसक्यो, तर बेलाबेलामा म कस्तो डाक्टर बन्दैछु भनेर चिन्ता लाग्न थालेको छ । १२ कक्षा सकेर (MBBS)सुरू गर्न अगाडि, जस्तो डाक्टर बन्छु भनेर यस क्षेत्र प्रवेश गरेको थिएँ, मलाई हाम्रो मेडिकल शिक्षा, समाज, भोगाइ र गराइले, मलाई आफ्नो त्यति बेलाको सोचप्रति प्रश्न गर्न मन लाग्छ । गरिब, असहाय एवं सम्पूर्ण मानवको सेवा गर्दै, समाजको सम्मानपूर्वक स्थानमा बसेर मातृभूमिको सेवा गर्ने धेयले म डाक्टर बन्न, ःद्यद्यक छिरेँ । तर आज म अन्योलमा छु, मलाई हाम्रो मुलुकको शिक्षा पद्धतिले कस्तो डाक्टर बनाउन खोजिरहेको छ ।

सम्माननीय, माननीय एवं आदरणीयहरू, मलाई लाग्थ्यो, डाक्टर भएपछी सबै बिरामीको बराबर सेवा गर्नपर्छ, तर आजभोलि जे देख्दैछु, मलाई लाग्छ, म गलत थिएँ । दूर गामबाट आएका वा असहाय एवं गरिब बिरामीलाई मेडिकल अफिसरहरू आफैँ हेर्छन्, कन्सल्ट गर्न परे नि, एक स्टेप सिनियर रेजिडेन्ट वा जुनियर कन्सल्टेन्टलाई मात्र कन्सल्ट गर्छन । तर जब आफूँले चिनेको कोहि बिरामी आउँछ, आफ्नो कोहि बिरामी आउँछ, साधारण रूघाखोकी नै किन नहोस्, सिनियर कन्सल्टेन्ट कहाँ लगिन्छ । मैले के सिक्दैछु भने, आफ्ना र पराइको उपचार अलग हुने रहेछ । आफ्नालाई सुपरविज्ञ (Super Specialization) गरेका डाक्टरले हेर्नु पर्ने रहेछ, तर आम नागरिकलाई साधारण मेडिकल अफिसरले नि हेर्दा हुने रहेछ । आम नागरिकको ज्यादै जटिल रोग पनि मेडिकल अधिकृतले हेरेपछि विभिन्न चरणपछि मात्र सुपरविज्ञ कहाँ पुग्छ भने, आफ्ना मान्छे साधारण रूघाखोकीका लागि पनि सुपरविज्ञले हेर्ने रहेछ । अस्पतालका प्रोटोकल देखि सबै कुरा आमनागरिकका लागि मात्र हुनेरहेछ ।

सम्माननीय, माननीय एवं आदरणीयहरू, मेडिकल इथिक्सदेखि सबै कुरा धनीका लागि मात्र हुनेरहेछ । कुनै धनी वा शक्ति केन्द्रमा पहुँच भएको व्यक्ति आएमा उसले चाहे जति समय दिन पर्ने रहेछ । उसलाई आदर गर्नपर्ने रहेछ तर गरिब वा असहाय आयो भने, छिटो छिटो हेर्न पर्ने रहेछ । उनीहरूलाई कुनै सम्मान चाहिने रहेन छ । धनी र गरिबलाई अलग किसिमले उपचार गर्नपर्ने रहेछ । सम्माननीय, माननीय एवं आदरणीयहरू, आफ्ना चिन जानका कोहि आएमा उसलाई अस्पतालको निशुल्क सिट उपलब्ध गराइन पर्ने रहेछ वा केहि डिस्काउन्ट मिलाइ दिन पर्ने रहेछ । हुन त म डाक्टर पढ्न थालेदेखि नै, सबै चिनेजानेले भन्ने गर्थे, मेरो उपचारत फ्रिमा हुन्छ होलानि । सायद त्यसैले होला, मैले के बुझ्दैछु भने, गरिबले निशुल्क वा डिस्काउन्ट पाओस् नपाओस्, आफन्त वा चिनेजानेको ले पाउन पर्ने रहेछ ।

सम्माननीय, माननीय एवं आदरणीयहरू, डाक्टर भएपछि नर्स, अन्य मेडिकल स्टाफलाई हेप्नपर्ने रहेछ । आफूँभन्दा सिनियरले गलत गरे नि, उसको गल्तीले मान्छे मरे पनि चुप लागेर बस्न पर्ने रहेछ । मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र के के आएपनि, मेडिकल क्षेत्रमा ती केहि पनि आएको रहेनछ । आफ्नो सिनियरलाई गाउँघरमा हुने बडा हाकिम भन्दा पनि बढी आदर गर्नपर्ने रहेछ । सिनियरले आफूँलाई मानव सरह व्यवहार गरोस् वा नगरोस्, सबै सहेर बस्न पर्ने रहेछ किन कि यहाँ त उसको वचन नै नियम रहेछ । सिनियरको गाली सुनेर आएपछी, आफूँले पनि नर्स, पालेदाइ, एटेन्डेन्टहरू सबैलाई गाली गर्न पर्ने रहेछ । आफूँ हेपिने, र आफूँ भन्दा सानालाइ आफूँले हेप्ने चलन रहेछ । डाक्टर भएपछी, त्यति त गर्नै पर्ने रहेछ ।

सम्माननीय, माननीय एवं आदरणीयहरू, 
मलाई लाग्थ्यो, समाजमा डाक्टर सबैभन्दा मर्यादित पेशा, सबैभन्दा बढी आदर गरिने पेशा हो । डाक्टर भगवान हुन्, भनिन्थ्यो, अझै भनिन्छ । लाग्थ्यो, यी सम्मानका लागि बोलिएका हुन्, तर त्यसो रहेन छ । डाक्टरलाई भगवानको दर्जा दिएर, डाक्टरलाई आम मानवले पाउने नैसर्गिक मानव अधिकारबाट पनि बञ्चित गराइने रहेछ । भगवान, अर्थात, न उसको भोग हुन्छ, न उसको निन्द्रा, न थकान, त्यसैले उसलाई सुत्न पनि नदिइ ३६ घण्टासम्म ड्युटि लगाइने रहेछ । ३६ घण्टासम्म ड्युटीमा लगाए पछी, को मानवबाट गल्ती हुँदैन र १ तर डाक्टर भगवान हुन्, मानव होइनन्, त्यसैले ३६ औँ घण्टाको ड्युटीको डाक्टरले नि गल्ति गर्ने रहेनछ । उसले त केवल लापार्वा्हि गर्छ । म डाक्टर त बने होला, तर मानव बन्न सकूँला ? मलाई मानवीय गुणबिनाको कस्तो डाक्टर बनाउँदैछौ ?

सम्माननीय, माननीय एवं आदरणीयहरू, 
यो समाज एवं मुलुकको सम्पूण  निति डाक्टरलाई सिधा टार्गेट गरेर किन बनाइन्छ । गाउँ, गाउँमा डाक्टर अनिवार्य जानुपर्ने रे । गाउँमा डाक्टरको दरवन्दी होओस्, नहोओस्, सरकारदेखि पत्रपत्रिकाका हेडलाइनहरू आउँछन्, डाक्टर गाउँ गएनन् । मैले डाक्टर गाउँ जान हुन्न भनेको होइन, तर डाक्टर सँगै स्वास्थ्यसेवालाई चाहिने अन्य सुविधा पनि गाउँ जानपर्ने होइन र ? के गाउँलाई डाक्टर मात्र चाहिने हो र ? यस्तो लाग्छ, गाउँ, गाउँमा बैङ्क खुलेका छन्, म्यानेजमेन्ट पढेकाहरू गाउँ जानै पर्दैन । यस्तो लाग्छ, भुकम्पले सहरका घरहरू मात्र भत्किए, गाउँमा राम्रा घर बनाइदिन इन्जिनियर जानैपर्दैन ? मलाई यस्तो लाग्छ, गाउँ गाउँमा आधुनिक खेती भइरहेको छ, कृषि विज्ञहरू गाउँ जानै पर्दैन, गाउँ गाउँमा ठूला स्कुलहरू छन्, शिक्षकहरू गाउँ जानै पर्दैन । आखिर डाक्टर मात्र किन गाउँ जानपर्ने ? सायद, ३६ घण्टे ड्युटी गर्ने डाक्टर, समाजले भगवान भनेको डाक्टरको आफ्नो इच्छा, चाहना केहि हुन्न । गाउँ गएर सेवा गर्छु सोच बनाएर छिरेको म, आज यसरी जबर जस्ती, एक्लै गाउँ जा भन्दा म मा गाउँ प्रति वितृष्णा पलाए नहोला र ? आखिर मलाई कस्तो डाक्टर बनाउन खोजेको, गाउँ प्रेमी वा विरोधी ?
 
सम्माननीय, माननीय एवं आदरणीयहरू, दुई चार जना सिनियर कन्सल्टेन्टले कमाउने पैसालाई देखाएर डाक्टरको कमाइ धेरै भयो भनिन्छ । डाक्टरकै कमाइलाई देखाइन्छ, नेपालको स्वास्थ्य सेवा महङ्गो भयो भनिन्छ तर एक रूपैयाँको औषधी दश रूपैयाँमा बेचिन्छ, न समाज बोल्छ, न सरकार । १०० रूपैयाँको ल्याव जाँचलाई ५०० रूपैयाँ लिइन्छ, न समाज बोल्छ, न सरकार । मलाई लाग्छ म यस्तो डाक्टर बन्दैछु, जसलाई न्युन पारिश्रमिक दिएर मेडिकल बिजनेस मेनहरू एकातिरबाट लुटिरहन्छ भने, अर्का तिर कमाउँदैन कमाएको पैसालाई कमायो भन्दै, समाज डाक्टरविरूद्ध उत्रन्छ । मलाई समाजसेवी डाक्टर बनाउँदैछौ वा समाज विरोधी डाक्टर ? 

समस्या धेरै छन्, प्रश्न धेरै छन् । जब म प्रश्न गर्छु, समाज खिस्स हाँस्छ, सिनियरहरू, सहपाठी मित्रहरू खिस्स हाँस्छन्, अनि भन्छन्, यहाँ सिस्टम नै यस्तो छ । त्यसैले सिस्टमका प्रमुखहरूलाई नै यो खुलापत्र लेख्दै छु, तर मलाई थाहा छ, मेरो यो पत्र सुनिँदैन, सुने पनि एउटा कानबाट सुनेर अर्कोबाट उडाइन्छ । साच्ची मलाई थाहा छैन, म कस्तो डाक्टर बन्दैछु ?

भवदीय 
डा.मुकुल ढकाल,
इनटर्न , केयु अन्तर्गतको एक मेडिकल कलेज ।

 

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (3)

  • Rakin Shakya on Wed, Feb 22 2017 12:07 AM

    Birami lai hernu parne doctor le ultai birami lai xixi vanxan. Hamro desh ma vaye var ko sab service thulo bada lai matra lagu hunxa. Jun desh ko kaanun jasto kuro mai bhrasta le jara gadera baseko cha tyo desh ko bichalli k hola hajur.

  • विमल केसी on Mon, Feb 20 2017 05:46 PM

    डाक्टरसावको अभिव्यतीले मुटु छोयको छ।हाम्रा नेता मन्त्री हरुलाइ कहिल्यै छुदैन।

  • Dr Roshan on Mon, Feb 20 2017 08:16 AM

    Well written bro! Hope sarokar wala ko ma pugos .


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top