एमबीबीएस अध्ययनरत छात्राद्धारा आत्महत्या 

What's This?


Download our app to get more features

काठमाडौँ ८ फागुन । एमवीवीएस अध्ययनरत एक छात्राले काठमाडौँ मेडिकल कलेज(केएमसी)मा को होस्टेलमा आत्महत्या गरेकी छिन् । एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत अनमोल कौरले दुवाकोटस्थित होस्टेलमा आत्महत्या गरेकी हुन् ।

भारत जम्मुकस्मिर घर भएकी कौलले शुक्रबार बेलुका दुवाकोट स्थित होस्टलको कोठामा रहेको पंखामा सलले पासो लगाएर आत्महत्या गरेकी हुन् । होस्टलको कोठामा बस्ने अर्को साथी घर गएको मौका छोपी उनले आत्महत्या गरेको कलेज प्रशासनले जनाएको छ । उनको शब शुक्रबार बेलुका नौ बजे तिर आफ्नै कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएको क्याम्पस प्रमुख प्राडा चन्दा कार्कीले बताइन् ।

भारतको कास्मिर घर भएकी कौलका अभिभावक काठमाडौँमै व्यापार गरि बस्ने गरेका थिए ।

कौलको सवलाई प्रहरी कलेज प्रशासन र अभिभावकले शुक्रबार राती नै त्रिवि शिक्षण अस्पताल पुरयाई पोष्टमार्टम गराएका थिए । रिपोर्टमा आत्महत्या भएको पाएपछि परिबारले शनिबार नै दाहसंस्कार गरिसकेका छन् ।

Last modified on 2017-06-23 14:39:35

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts