चुइगम र पाउरोटी धेरै नखानुस्, क्यान्सर होला !



Download our app to get more features

एजेन्सी । तपाईं धेरैबेर चुइगम तथा पाउरोटी धेरै खानुहुन्छ भने सावधान रहनुस् । किनभने यसले तपाईंको ज्यान पनि जानसक्छ ।

भर्खरै मेडिकल क्षेत्रमा भएको एक अनुसन्धानले चुइगम तथा पाउरोटीमा ठूलो आन्द्राको क्यान्सर हुने तत्व फेला परेको तथ्य पत्ता लगाएका छन् ।

बगिङ्घम विश्वविद्यालयका मेडिकल विज्ञहरुले गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएका हुन् । अध्ययनका अनुसार रोटी तथा चुइगमा टाइटेनियम डाइअक्साइड नामक तत्व हुने जसले इन्टेस्टाइनको कोष बनावट अर्थात जोडिएको रक्तकोषलाई टुक्राइदिने गर्दछ । 

जोडिएको कोष टुक्रिएपछि पाचनयन्त्रमा कमजोर हुने र यसैका कारण ठूलो आन्द्राको क्यान्सर हुने खतरा बढ्ने अनुसन्धानमा उल्लेख छ । त्यस्तै टाइटेनियम डाइअक्साइड तत्वले टुक्राएको कोष शरीरको दोश्रो भागमा पुग्ने समस्यासमेत देखापर्ने अध्ययनकर्ताहरुले बताएका छन् ।

अध्ययनकर्ता मध्ये एक ग्रेचन माहलरका अनुसार चुइगम तथा रोटीमा पाइने टाइटेनियम डाइअक्साइडले मानिसलाई विस्तारै लत लगाउने गर्दछ, जसबाट उनीहरु बारम्बार चुइगंम चपाउने गर्दछन् ।

Last modified on 2017-06-23 14:40:04

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts