एक्काइस वर्षपछि उपचार पाइन् जयनन्दाले



Download our app to get more features

बाजुरा, ८ फागुन । बडिमालिका नगरपालिका–९ की ६० वर्षीया जयनन्दा पाध्याय पाठेघरको बिरामी भएको २१ वर्ष पुग्यो । तीन सन्तानकी आमा पाध्यायले आर्थिकभावका कारण जिल्ला बाहिर गएर उपचार गर्न सक्की थिइनन् । 

सामान्य परिवारकी पाध्यायले पाठेघरको उपचार गराउन नसक्दा धेरै सास्ती भोग्नुपरेको थियो । जिल्लामै पाठेघर खस्नेको उपचार नहुँदा उनले रोग पालेर बस्न बाध्य भएकी हुन् ।
 
जिल्लामा पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शिविर आयोजना गरेकाले लामो समयपछि उपचार गरेको उनले बताइन् ।

पाध्याय जस्तै पाठेघरको रोग पाल्दै आउनुभएकी दुर्गम विकट गाविस कोल्टी–९ नुरीकी ७० वर्षीया दुर्गा बोहराले पनि शिविरमा उपचार गराए । पाठेघर खस्ने समस्या भएको पाँच वर्षपछि बोहराले उपचार गरेकी हुन् । आर्थिक अभावका कारण मर्ने बेलामा के उपचार गराउने भन्ने सोचमा रहेकी थिए तर जिल्लामै निःशुल्क शिविर सञ्चालन भएपछि पाठेघरको उपचार गर्न आएको उनले बताइन् । 

शिविरमा आर्थिक अभावका कारण पाठेघर खस्ने समस्या भएका अधिकांश महिलालाई राहत मिलेकामा बोहराले खुशी व्यक्त गरीन् । 

पाध्याय र बोहराको जस्तै जुकोट गाविस–८ जुकुकी ४६ वर्षीया चैती जैशीले पाठेघर खस्ने समस्याको निःशुल्क शिविर सञ्चालन हुने खबर पाएपछि सदरमुकाम पुगेकी थिइन । 

पाठेघर खस्ने समस्या सुरु भएको १० वर्ष पुगेको भइसक्दा पनि आर्थिक समस्याले उपचार गर्न नसकेको उल्लेख गर्दै उनले भनिन्– जिल्ला बाहिर गएर उपचार गर्न लाखाँै खर्च लाग्थ्यो तर त्यो क्षमता आफूसँग थिएन । 

शिविर सञ्चालनका कारण जिल्लाका महिला पाठेघर खस्ने समस्याको उपचार एकामा खुशी देखिन्थे । 

जिल्लामा ग्रामीण भेगका महिलाले गर्भवती हुँदा गह्रुँगो भारी बोक्ने गरेकाले यस्तो समस्या आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले बताए । 

यादवले ग्रामीण भेगका महिलाले सुत्केरी भएका बेला आराम नगर्ने र पोषणयुक्त खानेकुरा र पहेँला फलफूल नखाने र सुख्खारोटी खाएर बस्ने गर्छन् । महिलाले गर्भावस्थामा ठूला सामान नबोक्ने, आराम गर्नेजस्ता कार्य गरे पाठेघर खस्ने समस्या टर्ने सुझाव दिए । 

महिलाको पाठेघर खस्ने समस्या बाजुरामा बढी भएकाले निःशुल्क शिविर सञ्चालन गरिएको शिविर संयोजक रामबहादुर मल्लले बताए । शिविरबाट जिल्लाका महिलालाई सेवा दिनकै लागि पहिलो प्राथमिकता बाजुरालाई दिएको उनले जानकारी दिए । 

संयोजक मल्लले शिविरमा आएका हिमाली जिल्लाका बिरामीलाई यातायात खर्चबापत रु १ हजार ५ सय र पाँच दिनसम्मको खाना खर्च व्यहोरेको छ ।

शुक्रबारबाट सञ्चालन भएको शिविरमा आठ महिलाको शल्यक्रिया गरिएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको सो शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

रासस 

Last modified on 2017-06-23 14:40:51

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts