सञ्जीवनी फाउण्डेसनद्वारा ‘पुस्तकालय तथा हेल्थ प्रमोसन सेन्टर उद्घाटन’



Download our app to get more features

चितवन, ८ फागुन । प्रजातन्त्र दिवसको अवसरमा सञ्जीवनी फाउण्डेसन नेपाल र चितवन मेडिकल कलेजको विधार्थीेहरुले सयुक्त रुपमा नेपाल सहयोगी हातहरु संस्थाको भवनमा पुस्तकालय तथा हेल्थ प्रमोसन सेन्टर स्थापना गरेको छ ।

नेपाल स्वयमसेवी हातहरुु संस्थाले अनाथ बालबालिकाको लागी शिक्षा र आवास हेर्दै आएको थियो । उक्त भवनमै स्वास्थ्य चेतना अभिवृद्धि गर्ने र बालबालिकालाई शिक्षा प्रदान गर्ने अभिप्राय रहेको सञ्जीवनी फाउण्डेसन नेपालका अध्यक्ष माधव खनालले जानकारी दिए ।

यसलाई दिगो रुपमा संचालन गर्नको लागी चितवन मेडिकल कलेजमा अध्यनरत विद्यार्थीद्वारा एक समुह तयार गरी नियमित रुपमा स्वास्थ्य जनचेतानमूलक कक्षाहरु सञ्चालन गर्ने योजना रहेको बताइएको छ । उक्त उद्घाटन कार्यक्रमसँगै ७० भन्दा बढी बालबालिकाको दाँतको स्वास्थ्य चेकजाँच र सञ्जीवनी पुस्तकालय तथा हेल्थ प्रमोसन सेन्टर चितवन मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. विदुर वस्ती र स्कूल अफ प्बलिक हेल्थका प्रा. डा. मुनीराज क्षेत्रीले गरेका थिए ।

कार्यक्रममा ‘नेपाल स्वयमसेवी हातहरु’का बालवालिकाहरुको निम्ती पाठ्यसामाग्री उपलब्ध गराइएको थियो ।

Last modified on 2017-02-19 13:42:03

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts