महिला स्वास्थ्यकर्मी नहुँदा समस्या



Download our app to get more features

ओखलढुंगा, ८ फागुन । ओखलढुंगाको पश्चिमी गाविस यसममा महिला स्वास्थ्यकर्मी अनमी नहुँदा गर्भवती महिलाहरु समस्यामा परेका छन् । विगत एक महिनादेखि महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलालाई समस्या परेको हो ।

जनस्वास्थ्य कार्यालयले यो वर्ष करार सेवामा ६३ जना अनमी नियुक्ति गरेपनि यस स्वास्थ्य चौकीमा भने कर्मचारी पठाएको छैन । महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरु गर्भ चेकजाँच गर्न समेत नआउने गरेको स्वास्थ्य चौकी प्रमुख अमिर हायुले जानकारी दिनुभयो ।

गतवर्ष पनि यस स्वास्थ्य चौकीमा यस्त समस्या आएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयले विकट तथा दुर्गम भएकै कारण जिल्लाका पश्चिमी गाविसमा समयमा स्वास्थ्यकर्मी नपठाउने गरेको स्थानीयको आरोप छ ।

महिला स्वास्थ्यकर्मी नहुँदा आफूले मनका कुरा सबै भन्न नसक्ने भएका कारण चाँडोभन्दा चाँडो अनमीको पदपूर्ति गर्न त्यहाँका महिलाहरुले जनस्वास्थ्य कार्यालयसँग माग गरेका छन् । यस विषयमा जनस्वास्थ्य कार्यालय ओलढुंगाले भने केही समयभित्र अनमी नभएका स्वास्थ्य चौकीहरुमा पदपूर्ति गरिने जनाएको छ ।

 

(आजको गोरखापत्र दैनिकमा समाचार छ)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts