फास्टफूड भन्दा खतरनाक हुन्छ त्यसको प्याकिगं



Download our app to get more features

हामीसबैलाई थाहा भएको कुरा हो फास्टफूड हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । यदि तपाईँपनि फास्टफूड खान निकै रुचाउनु हुन्छ र विभिन्न अध्ययन अनुसन्धानका बाबजुद पनि केहि न केहि खाइ राख्नु हुन्छ भने यो धेरै नै गम्भिर विषय हो । केहि व्यक्तिले आफ्नो यो बानीलाई राम्रो भनेर अरुलाई सन्तुष्ट पार्न खोज्छन् कि राम्रो गुणस्तर भएको फास्टफूड खाने गरेको छु तर यसले तपाईको स्वास्थ्यलाई केहि राम्रो भने हँुदैन ।

फास्टफूड कसरी बन्दैछ, फास्टफूड बनाउनमा कस्ता गुणस्तर भएका तत्वहरुको प्रयोग गरिन्छ, यि सबै कुराका बाहेक त्यसको प्याकिगं कसरी हुने गरेको छ त्यो विषय महत्वपूर्ण हुन्छ । किनकी फास्टफूडको प्याकिगंले हाम्रो स्वास्थ्यलाई खतरा हुन सक्छ ।

एक अध्ययनका अनुसार फास्टफूड भन्दा पनि त्यसको प्याकिगं खतरनाक हुन सक्छ । प्याकिगंका लागि प्रयोग हुने प्लास्टिक, फोइलिगं पेपर वा बक्समा यस्ता रासायन हुन्छन् जुन हाम्रो स्वास्थ्यको लागि खतरनाक हुन सक्छ ।

फास्टफूड प्याक गर्नका लागि जुन र्यापिंग पेपर वा अन्य सामग्री प्रयोग गरिन्छ, त्यो विभिन्न प्रकारका रासायनबाट तयार पारिएको हुन्छ । त्यस बाहेक ती सामग्रीलाई चम्किलो र आकर्षक देखाउनका लागि ग्रीसको कोटिंग पनि गरिन्छ ।

अध्ययन रिपोर्टका अनुसार , प्याकिंग बक्स बनाउनमा सिन्थेटिक केमिकलहरुको अत्यधिक मात्रामा प्रयोग हुन्छ । जसमा अनेक प्रकारका रासायनहरु हुन्छ, जुन क्यान्सर जस्ता खतरनाक रोगको कारण बन्न सक्छ । त्यतिमात्र नभई यसले शरीरमा विषाक्त पदार्थको मात्रा बढ्ने हुन्छ जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि घटेर जान्छ र हाम्रो शरिरमा अन्य रोगहरुले पनि आक्रमण र संक्रमण गर्न सक्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-02 16:25:05

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts