NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

न्यूयोर्कका डा.मरासी जसले गरे ९ हजार महिलाको यौनांगको शल्यक्रिया 

न्यूयोर्कका डा.मरासी जसले गरे ९ हजार महिलाको यौनांगको शल्यक्रिया 

Canon International Education

एजेन्सी । न्यूयोर्कका स्त्री यौनअंगका सर्जन डा. अमिर मरासीलाई भेजिना वीस्पेरीयर अर्थात महिलाको यौन अंगको साथी भनेर चिनिन्छ ।

उनले भेजिनोप्लाष्टि अर्थात महिलाको यौनअंग सर्जरी गरेर उत्कृष्ट बनाउने काम गर्छन । यनले यसैमा ख्याति कमाएका पनि छन् । उनले प्रत्येक वर्ष ८ देखि १ सय महिलाको उनीहरुकै इच्छा अनुसार यौनअंग सर्जरी गरी आकार र रगं भनेजस्तै बनाइदिन्छन् ।

उनको क्लिनिकमा सन् २०१३ देखि हालसम्म ९ हजार महिलाले आफ्नो यौन अंग सर्जरी गरी आकार र रंग बनाइदिएका छन् ।

डा.मरासीलाई नै खोज्दै आफ्नो गोप्य यौन अंगको आकार मिलाउन यति धेरै महिला आउनुको दुई कारण छन् । पहिलो महिलाहरुले यौन सम्पर्कको समयमा असहज महशुस हुने समस्यालाई उनले कस्मेटिक सर्जरी मार्फत उनीहरुको इच्छा अनुसार आकार र यौनअंगको रंग परिवर्तन गरिदिन्छन् ।

प्रत्येक महिलाहरु आफ्नो अंग गोप्य भएपनि अरुको भन्दा केहि फरक होस् भन्ने चाहन्छन् । तर यसमा उनीहरु आफ्नो यौन साथीले केहि नयाँपनको अनुभव गरोस् र आफुले पनि आत्मविश्वासका साथ यौनसम्पर्क गरेर अत्यन्त चरम सुख प्राप्त होस् भन्ने चाहन्छन् ।-डा. अमिर मरासी, स्त्री यौनअंग सर्जन

डा.मरासीले डेली मेल अनलाइनलाई बताएअनुसार प्रत्येक महिलाहरु आफ्नो अंग गोप्य भएपनि अरुको भन्दा केहि फरक होस् भन्ने चाहन्छन् । तर यसमा उनीहरु आफ्नो यौन साथीले केहि नयाँपनको अनुभव गरोस् र आफुले पनि आत्मविश्वासका साथ यौनसम्पर्क गरेर अत्यन्त चरम सुख प्राप्त होस् भन्ने चाहन्छन् । त्यसैले उनले कस्मेटिक सर्जरीमार्फत महिलाहरुको इच्छा अनुसारको यौनअंगको आकार परिवर्तन गरिदिन्छन् ।

दोश्रो कारण हो महिलाहरुले आफ्नो यौनक्षमतामा कमजोरी भएको महशुस गर्नु । उनले भने अनुसार जो महिलाहरु बच्चा पाउँछन्, तव उनीहरु आफ्नो यौनअंगको आकार खुकुलो र आकार बिग्रिएको महशुस गर्छन । उनले भने बिशेषगरी ३५ वर्ष पार गरेका महिलाहरु यस्तो महशुस गर्दछन् । साथै जो महिलाहरु कसिलो कपडा र भित्रि कपडा लगाउँछन् साथै घोडा, साइकल बाइक चढ्ने महिलाहरुले समेत यस्तो सोच्ने गर्छन । उनले यस्तो महशुस गर्ने महिलाहरुलाई परामर्शसहित सामान्य सर्जरीसमेत गरिदिन्छन् ।

उनले महिलाको यौनअंगको रंग परिवर्तन गर्नुका साथै यौन अंग मुलायम र जी स्पटको समेत सर्जरी गरिदिन्छन । जसले गर्दा महिलाहरु डा।मरासी भनेपछि मरीहत्ते गर्ने गर्दछन् ।

उनले अहिलेसम्म हलिउडका दर्जनौ साना ठूला मोडेलहरुको गोप्य यौनअंग बनाइसकेको स्वीकार्छन । उनले आफ्नो मेडिकल व्यवसाय सन् २०१० मा हाइटीमा गएको भूकम्पमा परेका मानिसहरुको निशुल्क मेडिकल शिविरबाट शुरु गरेका थिए । 

उनलाई महिलाको गोप्य अंग गुपचुप बनाउने भेजिना वीस्पेरियरको नाम चाँहि उनकै क्लिनिकमा काम गर्ने नर्सले राखिदिएकी थिइन । अहिले न्यूयोर्क सीटीमा उसै नामले चिनिन्छन् डा.मरासी ।

SBSC_ad Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top