आँखाको ज्योती स्वस्थ राख्न...



Download our app to get more features

सायद, आँखाको ज्योति गुमेकालाई थाहा होला आँखाको महत्व । पाँच सय प्रकारका रंगको छायाँ छुट्याउने क्षमता राख्ने आँखाले एक घन्टामा ३६ हजार बिट्स डाटा लिने चिकित्सकहरु बताउँछन् । आँखामा हुने १० करोड ७० लाख कोषहरुले हरपल आफ्नो भूमिका निर्वाह गरिरहेको हुन्छन् । तर, यति ठूलो काम गर्ने आँखा शरीरका अन्य अंगभन्दा निकै संवेदनशिल हुन्छ । सँधै सक्रिय रहने आँखाले सुत्दा मात्रै आराम पाएको हुन्छ । तर, आँखालाई काम गर्दागर्दै पनि आराम दिने गर्नुपर्छ ।

आँखाको स्वास्थ्यका लागि यस्ता कुरामा ध्यान दिनुपर्छ ः

१. आँखाको स्वास्थ्यका लागि दैनिक पौष्टिक आहारबाहेक थप भिटामिन र स्याहार आवश्यक पर्छ । किनभने, लामो समय काम गरेका आँखा विस्तारै कमजोर भएर दृष्टि हराउँदै जान्छ । त्यसैले कामको बीचमा आँखाका लागि आराम गर्ने उपयुक्त समय आवश्यक पर्छ ताकि आँखा स्वच्छ राखोस् ।

२. हरियो सागपात, फलफूल (भिटामिन ए, सी, फोलिक एसिड, सेलेमियम र जिंकयुक्र) सेवन गर्नु आँखाको स्वास्थ्यका लागि जरुरी पर्छ । सुन्तला, कागती, गाजर, अंगुर, मेवालगायत फलफूलबाट यी तत्व प्राप्त हुन्छ ।

३. आँखामा असहज महसुस भयो भने चिकित्सकको परामर्श लिन ढिला गर्नु हुँदैन । चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न सकिन्छ । आँखाको स्वास्थ्यका लागि विभिन्न आइड्रप्सहरु पाइन्छन् । न्यू भी रोहतोका आइड्रप पान्थेनोल (१३ एमजी), पाइरिडोक्सिने हाइड्रोक्लोराइड (भिटामिन बी ५–६, ६ एमजी), डिपोटासियम एल–एस्पार्ताते (१३० एमजी), डिपाटासियम ग्लाइक्रिहिजिनेते (१३ एमजी), क्लोरोफेनिरामिने मलिएते (१.३ एमजी), सोडियम क्लोडोनिथिन सुल्फाते (१३ एमजी), तेत्राहाइड्रोजोलाइन हाइड्रोक्लोराईड (१.३ एमजी) लगायत आइड्रप्स नेपालमा उपलब्ध छन् । आँखाको समस्या पहिचान गरी चिकित्सकको सल्लाहअनुसार आइड्रप्स प्रयोग गर्नुपर्छ ।

४. चहकिलो प्रकाशमा सीधा आँखा पर्ने, कम्प्युटरमा लामो समय बसेर काम गर्ने लगायत व्यक्तिले काम गर्दागर्दै बेला–बेलामा छोटो समय निकालेर आँखालाई आराम दिनुपर्छ । जस्तै ः आँखालाई केही टाढा डुलाउने, झिमझिम पार्ने, बन्द गर्ने र खोल्नेजस्ता क्रियाकलाप गर्न सकिन्छ ।

५. आँखालाई स्वस्थ राख्न कार्यस्थलमै सहज तरिकाले व्यायाम गर्न सकिन्छ । आँखालाई भित्रै वरिपरि घुमाउनु उत्तम व्यायाम हो । खुला नीलो आकाशमा हेर्नु तथा हरियो वातावरणमा आँखा डुलाउनु पनि राम्रो हुन्छ । यस्ता कार्यले आँखालाई आराम मिल्छ ।

६. दैनिक काँक्रोको पेस्ट प्रयोग गर्दा पनि आँखालाई फाइदा गर्छ । आँखाको परेला बन्द गरेर दैनिक १५–२० मिनेट काँक्रोको पेस्ट लगाउने गर्दा डार्क सर्कल तथा चाउरीपना हट्दै जान्छ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-06-23 14:45:05

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts