बासी भात खानुको यि ५ फाइदा, जसले राख्छ सँधै स्वस्थ



Download our app to get more features

प्रायःजसो हाम्रो घरमा रातिको खाना पकाउदा भात बढी हुने गर्छ र हामी त्यो भातलाई बासि भन्दै फ्याक्ने गर्छौँ वा जनावरलाई खान दिन्छौँ । तर, अबदेखि यदि घरमा पकाएको भात बढी भयो भने त्यसलाई फ्याक्ने काम नगरौँ । किनकि बासि भात खानाले हाम्रो स्वास्थ्यलाई हुने फाइदाको बारेमा तपाईँलाई थाहा नहुन सक्छ । 

राति पकाएको भात उब्रेको छ भने त्यसलाई नफ्याकि माटोको भाडामा रातभर पानीमा राखिदिनुस । त्यो भातलाई काँचो प्याज मिसाएर बिहानको ब्रेकफास्टमा खान सक्नु हुन्छ । बासि भात तपाईले कहिल्यै नखाएपनि यसले तपाईलाइ धेरै नै फाइदा हुन्छ । 

बासि भातको फाईदाबारे जानौँ ः

१. बासी भात आफैँमा एक चिसोयुक्त खाना हो । यदि तपाईले बासि भातलाई सहि तरिका अपनाएर खानुभयो भने तपाईको शरिरको तापक्रम नियन्त्रणमा रहन्छ ।

२. भातमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले कब्जियतको समस्याबाट छुट्कारा दिलाउछ ।

३. बासि भातले तपाई दिनभर आफूलाई ताजा बनाइ राख्न सक्नु हुन्छ । जसले गर्दा तपाईलाई दिनभर काम गर्नमा इनर्जी प्राप्त हुन्छ ।

४. यदि तपाई अल्सरको समस्याले पीडित हुनुहुन्छ भने हप्तामा तीनदिन बासि भात खाने गर्नुस । यसले तपाईको घाउ चाँडै निको हुन्छ ।

५. यदि तपाइलाई चिया र कफि पिउने बानि छ भने बिहान उठेर बासि भात खानाले यो बानि छुट्न सक्छ ।


एक अध्ययनका अनुसार, बासि भातमा माइक्रो–न्यूट्रीएन्ट्स र अन्य महत्वपूर्ण मिनरल्स पाइन्छ । जुन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । त्यसैले प्रत्येक दिन बिहान बासि भात खानु स्वास्थ्यको लागि राम्रो हो ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-23 14:45:57

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts