अव कण्डमको सट्टा क्रिम



Download our app to get more features

एजेन्सी । कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन् ।

बाँदरमा गरिएको परीक्षण सफल भएसँगै बैज्ञानिकहरुले पुरुषका लागि नयाँ क्रिमको उत्पादन गरेका छन् । जुन क्रिमले गर्भनिरोधकका रुपमा काम गर्नेछ ।

त्यो क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्न सक्ने बताइएको छ । उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नुपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन् । यो गर्भनिरोधक क्रिम ल्याउने कम्पनीका अनुसार दुई वर्षको परीक्षणपछि यसले काम गरिररहेको तथ्य पुष्टि भएको हो ।

यो परीक्षण बाँदर प्रजातिमा कामसमेत गरेको कम्पनीको दाबी छ । केही वर्षमै यो पुरुषहरुको प्रयोगका लागि ल्याउन सकिने कम्पनीले उल्लेख गरेको छ । हाल पुरुषहरुमा दुई तरिकाबाट गर्भनिरोधक गर्न सकिन्छ । एक कण्डमको प्रयोग र अर्को नसबन्दी । क्रिमवाला विधि नसबन्दीजस्तै भएको कम्पनीको दाबी छ । शोधकर्ताले नसबन्दी विपरीत पुरुषले बच्चा जन्माउने फैसला बदल्न चाहे यो क्रिम उपयोगी बन्नसक्ने बताएका छन् । 

Last modified on 2017-06-25 13:21:55

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts