कुकुरले टोकेमा के गर्ने?



Download our app to get more features

कुकुर हामी धेरैको प्रिय घरपालुवा जनावर हो । घरपालुवा वा बाटोमा हिड्ने छाडा कुकुरले टोकेमा यदि कुकुर रेविज भाइरसबाट संक्रमित छ भने मानिसलाई पनि रेविज लाग्ने संभावना हुन्छ ।  रेविज भाइरसबाट संक्रमित जनावरहरुको टोकाईबाट लाग्ने र नसा र दिमागलाई असर पुराउने एक किसिमको रोग हो ।

किन लाग्छ रेविज ?
रेविज भाइरस नै यो रोगको कारण हो । संक्रमित जनावरको टोकाईपछि रेविज भाइरस मांशपेशीबाट नसा हुदै दिमागमा पुग्छ र फेरि शरीरको विभिन्न भागमा फैलन्छ । मुख्यतया हाम्रो देशमा संक्रमित कुकुरको टोकाइबाट स्वस्थ मानिस रेविजबाट संक्रमित हुन पुग्छ । चमेरो, फ्याउरो, छुचुन्द्रो आदि जनावरहरुको टोकाईबाट पनि रेविज लाग्न सक्छ ।

लक्षणहरु:

  • संक्रमित जनावरले टोक्नु
  • ज्वरो आउनु
  • टाउको दुख्नु
  • मांशपेशी दुख्नु
  • निन्द्रा नलाग्नु
  • होस गुमाउनु
  • निल्न गाह्रो हुने, पानी पिउन दिदा डराउने वा पिउन नखोज्ने
  • मानसिक समस्याहरु जस्तै  ः चाडै रिसाउने, टोलाइरहने, बेहोस हुने, अरुले बोलेको जस्तो सुन्ने अन्त्यमा मृत्यु हुने

जाँच:
संक्रमित जनावरले टोक्नु र माथिको लक्षणहरु देखिनुले रेविज लागेको पुस्टि हुन्छ ।
थप रगत जाँच र वायोप्सी पनि गर्न सकिन्छ ।

उपचार :
घाउको प्राथमिक उपचार ः जनावरले टोकेको ठाँउमा साबुन पानीले करिव ५ मिनट राम्रोसंग धुने । घाउ ठूलो छ, छाला उप्केको छ वा घाउ टाउकोको नजिकै छ भने तुरुन्त अस्पताल जाने । अन्य अवस्थामा पनि अस्पताल गएर रेविजबाट बच्नको निम्ती खोप लगाउदा सुरक्षित भइन्छ । 

पहिलो दीन लगाएपछि तेस्रो, सातौँ र चौधौं दीन लगाएपछि खोपको मात्रा पुरा हुन्छ ।

बच्ने तरिका :

  • घरपालुवा कुकुर तथा अन्य जनावरहरुलाई रेविज विरुद्दको खोप लगाउने
  • घरपालुवा जनावरलाई खुला बाटोमा हिड्ने जनावरहरुसंग सम्पर्कमा नल्याउने
  • फार्ममा काम गर्ने वा जनावरहरुसंग नजिक भइरहनेहरुले खोप लगाउने
  • रेविजबाट संभावित संक्रमित जनावरहरुले टोकेमा खोप लगाउने 


 

Last modified on 2017-06-29 11:28:47

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts