तनाब कम गर्न के गर्नुहुन्छ तपाईँ ?



Download our app to get more features

तपाईँ प्रेम सम्बन्धमा हुनुहुन्छ या वैवाहिक सम्बन्धमा केही समय पश्चात तनाबहरुको सिर्जना हुने गर्दछ । यसरी समय समयमा आउने तनाब कम गर्न महिलाहरु खाएर आफ्नो तनाब कम गर्छन् भने पुरुषहरु यौनसम्पर्कबाट । यहि बिषयमा एक नयाँ अध्ययन भएको छ । 

के छ अध्ययनमा ? 

साइकोलोजिष्टले भनेका छन् स्ट्रेस कम गर्न र आफूलाई रिल्याक्स अनुभुत गराउनका लागि महिलाहरु खान सुरु गर्दछन् । तर पुरुषहरु भने यौनसम्पर्क गर्न या पोर्न चलचित्र हेर्न मन पराउँछन् ।
यौनसम्पर्क पुरुषहरुको नकारात्मक सोचलाई कम गर्न महत्वपूर्ण हुने गर्दछ । तर महिलाहरुमा भने ठिक उल्टो । 

महिलाहरु पहिलाको कुरा गर्न रुचाउँछन्

ब्रिटिश साइकोलोजिकल सोसाइटी डिभिजन अफ क्लिनिकल साइक्लोजी इन लीवरपूलमा भएको एक सम्मेलनमा यो कुराको खुलासा गरिएको हो । पुरुषलाई आफ्नो तनाब कम गर्नका लागि थेरापी पर्याप्त हुने गरेको तर महिलाहरु पुराना कुराहरु गरेर तनाब कम गर्ने गरेको निचोड पनि सम्मेलनमा सुनाइएको थियो । 

के भन्छन् बिज्ञहरु ? 

प्रोफेसर डा. जोन बेरीका अनुसार यौनसम्पर्कको समयमा उत्पादन हुने एण्डोर्फिनले पुरुषलाई खुसी बनाउन मद्दत गर्दछ । पुरुषहरुमा यौ इ्रच्छा धेरै हुने गर्दछ त्यसैले पनि तनाबसँग लड्नका लागि यौनसम्पर्क एक राम्रो उपाय हुन जान्छ । 

फ्याटी फुड र स्वीट फुडको हार्मोन कोर्टिसोलसँग प्रत्यक्ष सम्बन्ध हुने अध्ययनको निष्कर्ष छ । त्यसैले पनि तनाबका समयमा महिलाहरु खाना खान रुचाउँछन् । 

कसरी गरियो अध्ययन ? 

तनाबमा रहेका ११५ पुरुष र २५० महिलामाथी यो अध्ययन गरिएको हो । अध्ययनमा ११ प्रतिशत महिलाले मात्र आफ्नो तनाब हटाउन यौनसम्पर्क गर्न रुचाउने बताएका थिए । ५० प्रतिशत महिलाहरुले खाना खाएपछि आफ्नो तनाब कम हुने गरेको अनुभव सुनाएका थिए ।

अध्ययनमा भनिएको यदि पुरुषलाई कामको समयमा केही समस्या भएमा थेरापी सबैभन्दा उत्तम बिकल्प हुन सक्दछ । महिलाहरुको सम्बन्धमा भएको तनाब कम गर्न आफ्नो पुराना घटना तथा भावनाहरु सुनाउन चाहान्छन् ।
 

Last modified on 2017-06-29 11:40:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts