कान बज्ने वा कराउने कारण यस्तो छ



Download our app to get more features

हिले काँही कानमा चोट पटक वा कुनै रोग नलागी कान एक्कासी टिनीनिन्न गरेर कराउँछ । के कारणले कान कराउने वा बज्ने गर्छ ? वरिष्ठ नाक, कान,घाँटी रोग विशेषज्ञ डा. निता शाक्य मल्लले निरन्तर कान बज्ने गरेको छ भने तुरुन्तै चिकित्सक कहाँ जान सुझाएकी छिन् । 


कान बज्ने वा कराउँने भनेको के हो ?
कुनै शब्द उत्पन्न नै नहुदा पनि आवाज सुनिनुलाई कान बज्ने वा कराउने भनिन्छ ।

के कारणले कान कराउँछ ?
अहिलेसम्मको अध्ययनमा कान बज्ने कारण यही नै हो भन्ने ठोस तथ्य पत्ता लागेको छैन् । धेरै कारण कान बज्न सक्छ । तर अधिकांशमा कानको संक्रमणका कारण कान बज्ने गर्दछ । 

यस बाहेक कानमा बढी फोहोर जम्मा हुनु, लामो समय रुघाखोकी लाग्नु, टाउँकोमा चोटपटक लाग्नु, ठुलो आवाजमा केही कुरा बिस्फोट हुनु, पिनास  हुनुले पनि कान बज्दछ । साथै उच्च रक्तचाप, मुटु रोग, मानसिक तनाब, हड्डीजन्य रोग र कमजोरीले पनि कान कराउँछ । अत्याधिक मादक पदार्थ सेवनले पनि कान कराउँने समस्या हुन्छ ।

यो समस्याबाट मुक्त हुने उपाय :
यो समस्याको यही औषधिद्धारा निको पार्न सकिन्छ भन्ने हुँदैन। तर होमियोप्याथिक उपचारबाट यो समस्या सदाको लागि हटाउन सकिन्छ । यस औषधिले कुनै नकारात्मक प्रभाव पार्दैन् । सिधै मस्तिष्क स्नायुमा प्रभाव पारेर मस्तिष्कद्धारा पीडित अंग या ग्रन्थीलाई सक्रिय बनाउँछ । र यो समस्याबाट सदाको लागि छुटकारा पाउँन सकिन्छ । 

१.कानलाई संक्रमण हुनबाट जोगाउँनु पर्छ । 
२.मानसिकतनाव बढी लिनु हुदैन् ।
३.लामो समय रुघाखोकी लाग्नबाट बच्नु पर्छ ।
४.दीर्घ रोगको समयमै उपचार गर्नु पर्छ ।
५. स्वस्थ, स्वास्थ्यबर्दक खानेकुरा खाने ।


बुझ्न्नुपर्ने कुरा :
कहिलेकाँही  कान कराउँदा डराउनु पर्दैन । यो आफै निको हुन सक्छ । तर बारम्बार कराउने र श्रवण शक्तिमा कमी आए यसले बिकराल रुप नलेला भन्न सकिन्न् । यस्तो अबस्था आए तुरुन्त चिकित्सकको सल्लाह बमोजिम काम गर्नु पर्छ ।  

भिडियो हेर्नुस्
 

Last modified on 2017-06-29 12:00:33

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

3 Comments

  1. plz kun hospital Dr hunuxa contact no ya locations plz

  2. Nero kan bajeko 4/5 month vayo neko vaya ko xina checkup garera medicine khadha Jan garyo vayo 1 ta maneeseke ko medicine khaya paxi mero yes to vayo plz Dr hajur kun hospital ko ho mero kaan ko prlm lastai vaya ko x

  3. Samparka garne thau ra thegana for treatment of ringing ears.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts