बाङ्गो टिङ्गो दाँत कसरी मिलाउने ? (भिडियो सहित)



Download our app to get more features

दाँत स्वास्थ्यका लागि मात्र नभएर सौन्दर्यको लागि पनि अति महत्वपूर्ण अंङ्ग हो । टम्म मिलेका सेता दाँत होस्, भन्ने चाहना सबैको हुन्छ । तर अनुहारलाई नै कुरुप बनाउने गरि बाङ्गो टिङ्गो दाँत आउँछ । यस्ता दाँत किन आउँछन ? बिग्रिएका दाँत कसरि मिलाउने ? वरिष्ठ दन्त रोग विशेषज्ञ डाक्टर विष्णु प्रसाद शर्मा यसो भन्छन् ...

दाँत सौन्दर्य प्रदायक अंग हो । तर विविध कारणले दाँत बाङ्गो टिङ्गो आउँछ । हेर्दा सामान्य लागे पनि यो समस्याले धेरैलाई तनाव दिएको छ । 
दाँत बाङ्गो टिङ्गोे आउने भनेको जुन स्थान (गिजाको ठाउँ) बाट आउनु पर्ने हो ,त्यो ठाउँबाट नआई तलमाथि वा खप्टिएर आउनु हो । 

दाँत बाङ्गो टिङ्गो आउने कारण :
१.वंशाणुगत गुण :
आमा बुवाका दाँत नमिलेको छ भने, बच्चामा पनि यसको प्रभाव पर्न सक्छ । त्यस्तै बुबाको जस्तो दाँत तथा आमाको जस्तो च्यापु बच्चामा देखियो भने पनि आमा बुबाको अनुहारको आकार नमिल्ने भएकाले बच्चामा दाँत बाङ्गो टिङ्गो आउँछ  ।

 २.दुधे दाँत समय नपुगी फुकाल्ने वा समय कटे पछि फुकाल्ने :
दाँत मिल्ने वा नमिल्ने कुरा बच्चा अवस्थामै निर्धारण हुन्छ । अधिकांशमा ६,७ वर्षदेखि १२,१३ वर्षसम्मा २० वटा दाँत परिवर्तन हुन्छ । यसरी दाँत परिवर्तन हुने बेला दाँतलाई नफुकाल्ने तथा हल्लिए पछि पनि लामो समय निकालेन भने नयाँँ दाँत आउँने ठाउँ छेकिन्छ र दाँत अन्य स्थानबाट आउँछ ।

३.बच्चाको दाँत किराले खानु :
बच्चाको दाँत किराले खाएर तथा अन्य कारण भाँच्चियो भने दाँतको जरा राम्ररी निस्कन पाउँदैन र दाँत बिग्रिएर पलाउँछ ।

४.चोकपटक लाग्नु ।
५.गिजामा समस्या हुनु ।

बाङ्गो टिङ्गो दाँत आउन नदिन यस्ता कुरामा ध्यान दिने :
१.बच्चा उमेरदेखि नै दाँतको सुरक्षा गर्ने ।
२.दाँतलाई छिटो वा ढिलो नफुकाल्ने । 
३.बच्चाहरुमा औला चुस्ने बानी छ भने हटाउने । 
४.च्यापुका कारण दाँत नमिलेको छ भने चिकित्सकको सल्लाह बमोजिम च्यापु मिलाएर दाँत मिलाउन सकिन्छ ।
५.दाँतको बीचबीचमा खाली ठाउँ धेरै नै छ भने, बिहान बिहान बिस्तारै हातले च्यापेर मिलाउने ।
६.धेरै नै नमिलेको भए चिकित्सकको सल्लाह बमोजिम तार बाँधेर वा अन्य उपचार पद्धति अपनाई दाँत मिलाएर सुन्दर बनाउन सकिन्छ ।

भिडियो हेरौँ
 

थप भिडियो हेर्नुहोस् 
 

दाँत माझ्दा गिजाबाट रगत आउँछ ? डा.मलिना रञ्जित

बाथ रोग के हो ?कसरी बच्ने ? डा. दीपा शाह

नाकबाट रगतआउँछ ? कसरी बच्ने ? डा. शास्वत कटुवाल

यस कारण हुन्छ बाँझोपन :डा. नुतन शर्मा 

महिलामा पुरुषका कारण पाठेघरको मुखको क्यान्सर हुन्छ । डा. बिशाल खनिया

किन आउँछ सेतो दुबी ? डा. अमित अमात्य

वृद्धावस्थामा हुने बिर्सने रोग डिमेन्सिया भनेको के हो ? डा प्रदीप पाण्डे

आँखा फरफराउने कारण यस्तो रहेछ -डा. रञ्जना शर्मा

Last modified on 2017-06-29 12:17:21

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts