क्यान्सरको उपचारमा रेडियसन थेरापी 

सन्दर्भः विश्व क्यान्सर दिवस



Download our app to get more features

क्यान्सर रोग उपचारको महत्वपूर्ण विधिमध्ये रेडियसन थेरापी पनि एक हो । क्यान्सर भएको पुष्टि भएपछि शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापीद्वारा यसको उपचार गरिन्छ । 

करिब ७० प्रतिशत क्यान्सरका बिरामीलाई कुनै न कुनै इन्टेन्सन रेडियोथेरापी दिनुपर्ने हुन्छ । रेडियोथेरापी विशेषगरी दुईप्रकारले दिइन्छ । पहिलो बाहिरबाट दिने रेडियो थेरापी, जसलाई एक्स्टर्नल विम रेडियोथेरापी (EBRI) भनिन्छ भने दोस्रो ब्राकी थेरापी । जसलाई शरीरमा टाँसेर वा शरीरभित्र रेडियसन पठाएर गरिन्छ । जस्तै पाठेघरको मुखको क्यान्सर, आन्द्राको क्यान्सर, श्वास नलीको क्यान्सरजस्ता समस्यामा ब्रोको थेरापी रेडियसन दिनुपर्ने हुन्छ । कुनै पनि क्यान्सरमा कुनै पनि किसिमको रेडियसन थेरापी दिन सकिन्छ । 

केही क्यान्सरको सुरुवाती अवस्थामा रेडियोथेरापी मात्र दिएर पनि बिरामीलाई क्यान्सरमुक्त बनाउन सकिन्छ । तर, क्यान्सरको पछिल्लो अवस्थामा आएरमात्र रेडियोथेरापी दिइन्छ भन्ने आमजनमानसमा भ्रम रहेको छ । जुन कुरा सत्य होइन ।​

केही क्यान्सरको सुरुवाती अवस्थामा रेडियोथेरापी मात्र दिएर पनि बिरामीलाई क्यान्सरमुक्त बनाउन सकिन्छ । तर, क्यान्सरको पछिल्लो अवस्थामा आएरमात्र रेडियोथेरापी दिइन्छ भन्ने आमजनमानसमा भ्रम रहेको छ । जुन कुरा सत्य होइन । जस्तै मुखको क्यान्सर, घाँटीको क्यान्सर, खाना खाने नलीको क्यान्सर, ब्रेनबाहेक टाउको तथा घाँटीका क्यान्सर र पाठेघरको क्यान्सरमा सुरुकै अवस्था भएमा रेडियोथेरापीमात्रै दिएर पनि क्यान्सरलाई निर्मुल पार्न सकिन्छ । 

सुरुको अवस्थाभन्दा ढिला भएमा शल्यक्रिया र केमोथेरापीसहित रेडियोथेरापी गर्नु दिनुपर्ने हुन्छ । 

रेडियोथेरापीले ट्युमर कोसहरूलाई मार्नुको साथै क्यान्सरका सेलहरूलाई फैलन रोक्नका लागि प्रयोग गरिन्छ । क्यान्सरको कोष गुणात्मक आधारमा फैलिने हुँदा यसलाई रोक्नका लागि अति आवश्यक हुन्छ ।

सुरुको अवस्थामा रहेको क्यान्सर निको पार्नकै लागि रेडियोथेरापी दिइन्छ । निको हुन नसक्ने अवस्था छ भने बिरामीको विभिन्न किसिमको लक्षण जस्तै पाठेघरको क्यान्सरमा रगत बगिरहेको छ, फोक्सो क्यान्सरमा खोक्दा रगत आइरहेको छ भने त्यस्तो अवस्थालाई रोक्न पनि रेडियोथेरापी दिनुपर्छ । यदि क्यान्सरको सेल ब्रेनमा फैलिएकोे छ भने त्यसबाट हुने हानिहरू फैलन्छ, त्यसलाई बचाउन पनि रेडियोथेरापी दिइन्छ । 

नेपालकोे अवस्थालाई हेर्दा रेडियोथेरापीका लागि १० लाख जनसंख्यामा एउटा लिनियर एक्सिलरेटर वा अन्य बाहिरी रेडियस थेरापी प्रयोग गर्ने उपकरण चाहिन्छ । जसलाई आधार मानेर हेर्दा नेपालमा २८ वटा जति मेसिनको आवश्यकता पर्छ । तर, नेपालमा जम्मा पाँचवटा मात्र रहेको छ ।

रेडियोथेरापी गर्दा केही साइड इफेक्ट पनि रहेको हुन्छ । तर, सकेसम्म कम साइड इफेक्ट हुने र यसको प्रभावकारिता धेरै हुने किसिमले यसको प्रयोग गरिन्छ । जुन स्थानमा रेडियोथेरापी दिइएको हो, त्यस स्थानमा मात्र यसले काम गरेको हुन्छ भने साइड इफेक्ट पनि त्यही स्थानमा रहेका अंगहरूमा मात्र रहेको हुँदा शरीरका अन्य अंगमा यसले असर गर्दैन । 

नेपालकोे अवस्थालाई हेर्दा रेडियोथेरापीका लागि १० लाख जनसंख्यामा एउटा लिनियर एक्सिलरेटर वा अन्य बाहिरी रेडियस थेरापी प्रयोग गर्ने उपकरण चाहिन्छ । जसलाई आधार मानेर हेर्दा नेपालमा २८ वटा जति मेसिनको आवश्यकता पर्छ । तर, नेपालमा जम्मा पाँचवटा मात्र रहेको छ ।

रेडियोथेरापीको मेसिन सुरुमा महँगो भए पनि क्यान्सरको उपचारमा सर्जरी र केमोथेरापीभन्दा सस्तो पर्न जान्छ । 

क्यान्सर रोगको उपचारमा हाल नेपालमा सर्जरी र केमोथेरापी जसरी रेडियोथेरापीको प्रगति हुन सकेको छैन, हाल प्राइभेट अस्पतालले यो सेवाको विस्तार गरिरहेका छन् । तर, जुन किसिमले यसको विकास हुनुपर्ने हो, त्यसरी हुन सकिरहेको छैन । 
रेडियोथेरापीको मेसिन सुरुमा महँगो भए पनि क्यान्सरको उपचारमा सर्जरी र केमोथेरापीभन्दा सस्तो पर्न जान्छ । 

रेडियो थेरापीका लागि हाल नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले नयाँ रेडियसन मेसिन भित्र्याएको छ । जुन अमेरिकाको भेरियन कम्पनीले निर्माण गरेको ट्रयुविम टु भन्ने मेसिन रहेको छ । यो संसारमा प्रयोग हुँदै आएको रेडियसन मेसिनमध्ये सर्वश्रेष्ठ मेसिन हो । 

हाल हामीले भित्र्यायको नयाँ प्रविधिबाट सेवा दिन सुरु गरेको अवस्थामा अबका दिनमा नेपालबाट रेडियोथेरापीका लागि भारतलगायत अन्य देशमा जानुपर्ने अवस्था रहँदैन । नयाँ मेसिनबाट हामीले रेडियोथेरापीमा शतप्रतिशत सेवा नेपालमै दिन सक्ने भएका छौं । 


(बीपी कोइराला मेमोरियल अस्पताल भरतपुरमा आठ वर्ष, भक्तपुर क्यान्सर अस्पतालमा १० वर्ष सेवा गरी अनुभव बटुलेका रेडियसन अंकोलोजिस्टडा. गिसुपनिख प्रसिको हाल नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा विभागीय प्रमुखका रूपमा कार्यरत छन् ।)
 

Last modified on 2017-06-29 12:48:52

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts