६ वर्षदेखि औषधि अभियान चलाइएपनि बाँके बर्दियामा हात्तीपाइलेको जोखिम उस्तै (भिडियो सहित)



Download our app to get more features

नेपालगञ्ज माघ २१ । सरकारले विगत ६ वर्षदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएपनि बाँके र बर्दियामा हात्तीपाइले रोगको  संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । बाँके र बर्दिया हात्तीपाइलेको अझैपनि उच्च जोखिममा रहेका छन । 
२०७२ माघमा बाँकेको नेपालगञ्ज र रझैनाका ६ सय २४ जना स्थानीय बासिन्दाको रगत चेक जाच गर्दा  ९९ जना अर्थात करिव १६ प्रतिशतमा हात्तिपाइले पोजेटिभ देखिएको थियो ।

हात्तीपाइले शारीरिक रुपमा अशक्त तथा अपांगता बनाउने सरुवा रोग हो । हात्तीपाइले मसिनो धागो आकारको उच्चेरिया बाङ्क्रोफटी नामक फाइलेरियाको परजीवीबाट सर्छ ।  यो परजीवीे एकबाट अर्को व्यक्तिमा पोथी क्युलेक्स वा एनोफिलिस लामखुट्टले सार्ने गर्छ । 
लगातार ६ वर्षसम्म औषधि खाएमा यो रोग पूर्णरुपमा निको हुन्छ । हात्तीपाइले रोगको निवारणका लागि औषधी खुवाउने अभियान संचालन गर्दै आएपनि हात्तीपाइलेको औषधीले स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने भ्रमका कारण बाँके र बर्दियाका करिब २० प्रतिशत मानिसले अझै पनि हात्तीपाइलेको औषधि खान मानिरहेका छैनन ।  

यसैबीच बाँके र बर्दिया हात्तीपाईलेका बिरामीहरुले भने औषधि खाएर पनि हात्तीपाइले रोगको संक्रमण हुनबाट बच्न सबैलाई आग्रह गरेका छन ।

औषधि नखाँदा हात्तीपाइलेको संत्रलमण भई आफुहरुले जस्तै जीवनभर दुख्ख पाउने अवस्था आउन सक्ने भन्दै उनीहरुले हात्तीपाइलेको औषधि खान आग्रह गरेका हुन ।

औषधी खाँदा केहि मानिसमा चक्कर आउने , बान्ता हुने जस्ता सामान्य समस्या देखिने भएपनि औषधि पूर्ण रुपमा सुरक्षित भएकाले ढुक्क भएर खान चिकित्सकले आग्रह गरेका छन ।

सरकारी तथ्यांक अनुसार अहिले  नेपालका ६१ जिल्लामा हात्तीपाइलेको प्रकोप छ ।  ती जिल्लामा बसोबास गर्ने करिव ९० प्रतिशत मानिस हात्तीपाइलेको जोखिममा छन् ।

भिडियो हेरौँ

 

Last modified on 2017-06-29 13:27:08

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts