तिलकोठीले अनुहार बिगारेको छ ? (भिडियो सहित)



Download our app to get more features

तिलकोठीले सौन्दर्यता कम गरायो भन्ने चिन्ता धेरैलाई हुन्छ । तिलकोठी किन आउँछ र यसलाई कसरी हटाउँने ? छाला, यौन तथा कस्मेटिक विशेषज्ञ डा.रविन्द्र शर्मासंग गरिएको कुराकानी ...

तिलकोठी भनेको के हो ?
छालामा तिलको दाना जस्ता स साना खैरा वा काला दाग देखिनु नै तिल कोठी वा मखिया हो । यो कुनै रोग भने होइन । यद्यपी अनुहारमा देखिने यस्ता कोठीले सोन्दर्यमा धेरै नोक्सानी गरेको हुन्छ । 
छालालाई रङ प्रदान गर्ने मेलानोसाइट कोषिका केही कारणले एकै ठाउँमा जम्मा भएर बस्यो भने कोठी देखा पर्दछ ।
यो शरीरको सबै भागमा आउन सक्छ ।

तिलकोठी आउने कारण के हो ?
वंशाणुगत गुण नै तिलकोठी आउने कारण हो । यो सबैमा हुन्छ । कसैको धेरै हुन्छ त, कसैमा थोरै । कसैमा देखा पर्छ भने, कसैमा पर्दैन ।

तिलकोठीबाट कसरी बच्ने ?
वंशाणुगत गुणले गर्दा तिलकोठी आउने भएकाले यसलाई आउनै नदिने कुनै उपाय छैन् । तर हेर्दा सामान्य लागे पनि कोही व्यक्तिमा धेरै देखियो भने मानसिक चिन्ताले अन्य रोग निम्तिएको समेत पाइन्छ । यद्यपी यसलाई न्यूनिकरण गर्न भने सकिन्छ ।

  • घामबाट बच्ने, बाहिर हिड्डुल गर्दा गुणस्तरीय सन्स् किम लगाउने, र छालालाई सधै सफा राख्यो भने यसलाई कम गर्न सकिन्छ । 
  • जाडोको समयमा तिलकोठी बढी देखिने गर्दछ ।
  • यस्तो कोठीबाट बच्न खानामा मुख बार्नु पर्ने कुरा केही छैन् । 
  • यस्तो कोठी सबै उमेर समुहमा देखा पर्न सक्छ । तर युवा अवस्थामा बढी देखिने गर्दछ ।

कोठी धेरै नै छ जसले अनुहारमा सौन्दर्य कम गरायो भने चिकित्सकको सल्लाहा बमोजिम लेजर वा अन्य माध्यमबाट हटाउन सकिन्छ । तर यो समधान सदाको लागि भने हुदैन् ।

भिडियो हेर्नुस्
 

Last modified on 2017-09-02 16:58:27

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. Ramro 6,


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts