बाँकेका हेल्थपोष्टमा बिरामीको चेक जाँच ५ बजे सम्मै (भिडियो सहित)



Download our app to get more features

नेपालगन्ज, १८ माघ ।  बाँके जिल्लाका हेल्थपोष्टहरुमा सर्वसाधारणको स्वास्थ्य जाँचको समय बढाएर बिहान १० देखि ५ बजे सम्म बनाइएको छ ।

वर्षौंदेखि देखि १० देखि २ बजेसम्म बिरामीको चेकजाँच सेवा हुँदै आएकोमा सरकारको नयाँ कार्यविधि आएसँगै सञ्चालनको अवधि बढेको हो । बिहान १० देखि ५ बजेसम्म (जाडो याममा ४ बजेसम्म) स्वास्थ्य सेवा पाएपछि सर्वसाधारण लाभान्वित भएका छन् ।

स्वास्थ्य मन्त्रालयले जाडोका महिनामा १० देखि ४ र गर्मीको महिनामा १० देखि ५ बजे सम्म स्बास्थ्य संस्थाहरुमा बिरामीको चेक जाच सेवा संचालन गर्न निर्देशन दिएपछि हेल्थपोष्टहरुले सेवा विस्तार गरेका हुन् । 

बाँकेको रझेना हेल्थपोष्टले बिरामीलाई हेल्थपोष्टमा बिरामीको चेक जाँच गर्ने समय बढ्ेको जानकारी दिनका पनि व्यवस्था गरिएकोे छ । जसका लागि पर्चा काट्ने स्थानमै बिरामीको चेकजाँच गर्ने समय १० देखि ५ बजे सम्म भएको सूचना टाँसिएको छ । 
स्वास्थ्य मन्त्रालयले  सरकारी अस्पताल तथा हेल्थपोष्टहरुबाट उपलब्ध गराइने सेवालाई थप प्रभाबकारी बनाउन कार्तिक ९ गते देखि सरकारी अस्पताल तथा हेल्थपोष्टहरुमा बिरामीको चेक जाँच गर्ने समय १० देखि ५ बजेसम्म कायम गर्ने निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनपछि रझैना  हेल्थपोष्टमा बिरामी चेक जाँचगर्ने समय बढाएर ५ बजे सम्म पुर्याइएको हेल्थपोष्टकी बरिष्ठ अहेब शारदा चन्दले बताइन् ।

बाँकेमा ३ प्राथमिक स्वास्थ्य केन्द्र र ४४ स्वास्थ्य चौकी छन् । बाँके जिल्लाका सबै हेल्थपोष्टहरुमा बिरामीको चेक जाच गर्ने समय  १० देखि ५ बजे सम्म कायम गरी नेपाल सरकारले निशुल्क दिने घोषणा गरेका ३५ किसिमका औषधिहरु समेत नियमित रुपमा उपलब्ध गराइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले बताए ।

भिडियो हेरौँ

Last modified on 2017-06-29 13:43:53

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts