बाँके र बर्दियामा भेटिए एक सय १५ नयाँ कुष्ठरोगी, एकै परिवारमा तीन जनालाई (भिडियो सहित)



Download our app to get more features

नेपालगन्ज माघ १३ । कुष्ठरोगका नयाँ बिरामी पत्ता लगाउन बाँके र बर्दियाका स्वास्थ्यकर्मीले कुष्ठरोग प्रभावित गाउँहरुमा घरदैलो अभियान सुरु गरेका छन ।

बाँके र बर्दिया  नेपालमै सबै भन्दा बढी कुष्ठरोगका बिरामीहरु भएका जिल्ला हुन । बाँकेमा मात्र गतबर्ष १ सय ५२ जना नयँ बिरामी भेटिएका थिए ।

 कुष्ठरोग भए पनि जनचेतनाको कमीका कारण उपचारका लागि स्वास्थ्य संस्थामा नआएका कुष्ठरोगीको खोजी गरी निशुल्क उपचार गरेर प्रभावितको संख्या घटाउने उद्देश्यले सोमवारदेखि (माघ १० गतेदेखि १४ गतेसम्म) पाँचदिने खोजी अभियान सुरु गरिएको हो ।

कुष्ठरोगका नयाँ बिरामी खोज्नका लागि संचालन गरिएको घरदैलो कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक, जनस्वास्थ्य कार्यालयका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुले बांके र बर्दियाका २५÷२५ गाविससहित नगरपालिकाको हरेक घर घरमा पुगेर गएर कुष्ठरोगीको खोजी गरिरहेका छन ।

खोजी अभियानमा सञ्चालन भएको तीन दिनमा बांकेमा ६० र बर्दियामा ५५ जना गरी १ सय १५ नयाँ कुष्ठरोगी पत्ता लागेका छन् । घर दैलो अभियानका क्रममा बाँकेको रझैनामा एकै परिवारका ३ जनामा कुष्ठरोगका बिरामी फेला परेको मध्यपश्चिमका क्षेत्रीय स्वास्थ्यनिर्देशक रीता जोशीले बताइन् ।


नेपालबाट २०६५ सालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि १८ जिल्लामा अझै पनि कुष्ठरोगका बिरामीहरु १० हजार जनसंख्यामा २ देखि ३ जनाको हाराहारीमा छन् । अर्थात प्रभावित जिल्लाहरुमा अझै रोग निवारण भएको छैन । मुलुकमा वर्षेनी करिब तीनहजार देखि तीनहजार पाँच सय नयाँ कुष्ठरोगी उपचारको पहुंचमा आउने गरेका छन् ।

सामाजिक भेद्भावको कारण अझै रोग लुकाउने प्रवृत्ति व्याप्त भएका कारण स्वास्थ्य मन्त्रालयको कुष्ठरोग नियन्त्रण महाशाखाले कुष्ठरोगका नयाँ बिरामी खोज्न घर दैलो अभियान सुरु गरेको हो । कुष्ठरोगका बिरामीहरुको उपचार गाउगाउमा रहेका हेल्थपोष्टहरुमा हुन्छ । कुष्ठरोगका बिरामीहरुलाई सरकारले निशुल्क औषधिउपलब्ध गराउदै आएको छ ।

Last modified on 2017-07-03 13:42:50

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. Lot of smarts in that poistng!


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts