महिलामा पुरुषका कारण पाठेघरको मुखको क्यान्सर हुन्छ (भिडियो सहित)



Download our app to get more features

पाठेघरको मुखको क्यान्सर हुने मूख्य कारण के होला ? धेरैलाई थाहा नहुँन सक्छ पुरुषको कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने । पुरुषको कारणले महिलामा कसरी पाठेघरको मुखको क्यान्सर हुन्छ ? स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर बिशाल खनिया यसो भन्छन् ...

धेरै महिला पाठेघरको मुखको क्यान्सरले पीडित छन् । अधिकांशलाई थाहा नहुन पनि सक्छ, पाठेघरको मुखको क्यान्सर हुने मूख्य कारण पुरुष हो । यसलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ । बिवाह गरेका महिला वा पुरुषसँग यौन सम्पर्कमा रहेका महिलामा पाठेघरको क्यान्सर हुने संभावना बढी हुन्छ । यौन सम्पर्कका समयमा ह्युमन प्यापिलोेमा नामक भाइरस पुरुषद्धारा महिलामा सर्छ । यही कारणले नै पाठेघरको मुखको क्यान्सर हुन्छ । 

यो भाइरस महिलामा सर्ने वित्तिकै तत्काल क्यान्सर हुने होइन् । ५ देखि १० वर्ष वा त्यो भन्दा बढी पनि लाग्न सक्छ । यौन सम्पर्क राख्ने सबैलाई यो भाइरस सर्ने अर्थात पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने छैन, यो धेरैलाई नसर्न पनि सक्छ ।

पाठेघरको मुखको क्यान्सर हुने मूख्य कारण:
१.मूख्य कारण भनेकै पुरुषसंग यौन सम्पर्क राख्नु । 
२.सानो उमेरमा यौन सम्पर्क राख्दा ।
३.धेरै व्यक्तिसँग यौन सम्पर्क राख्दा ।
४.धेरै बच्चा जन्माउँदा ।
५.योनाङ्ग सफा नगर्दा ।

यसका लक्षणहरु :
१.योनीबाट गनाउँने सेतो पानी बग्ने ।
२.यौन सम्पर्कका बेला रगत आउँने ।
३.महिनावारी हुने समयमा भन्दा अघि पछि पनि रगत बग्ने ।
४.योनी चिलाउने ।
५.दुब्लाउँदै जाने । 
६.संक्रमण भएको लामो समय पछि शरीरका अन्य भागमा सर्यो भने, काखी मुनी गाँठा गुठी आउने । कलेजो, फोक्सोमा संक्रमण हुने, कलेजो, फोक्सो सुन्निने वा दुख्ने हुनसक्छ । अन्य अंगमा पनि संक्रमण फैलन सक्छ । 

कसरी बच्ने त ?
यो समस्या निम्न आयस्रोत वा गरिबीको चपेटामा परेका महिलामा बढी देखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागी निम्न सावधानि अपनाउन सकिन्छ ।
१. सेतो पानी बग्ने, यौन सम्पर्कका बेला रगत आउँने वा कुनै पनि यस्ता लक्षण देखिए तुरुन्त चिकित्सकसँग सल्लाह लिने । 
२. १० वर्ष पुरा भएका बालिकालाई अनिर्बाय एचपीभी खोप लगाउने ।(यो खोप नजिकको अस्पतालमा निशुल्क पाइन्छ )
३. बिवाह पश्चात वा यौन सम्पर्क राखे पछि वर्षको एक पटक गर्भाशयको माथिल्लो भाग (प्याप स्मेयर)को परीक्षण गर्नेे । (चाडँै नै सरकारले सरकारी अस्पतालमा यो परीक्षण निशुल्क गर्ने तयारी गरेको छ ।)
४. कुनै पनि लक्षण देखियो भने जथाभावी औषधि सेवन गर्नुभन्दा  चिकित्सको सल्लाहा बमोजिम औषधि सेवन गर्नु राम्रो हुन्छ । 

भिडियो हेर्नुस्
 

Last modified on 2017-07-03 13:59:55

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts