ब्लडप्रेसरले निर्धारण गर्छ छोरा/छोरी



Download our app to get more features

मेडिकल टेस्ट नगराई गाह्रो छ पत्ता लगाउन तपाईँलाई छोरा हुन्छ कि छोरी । तर, वैज्ञानिकहरुले अब यो सजिलै पत्ता लगाउन सकिने दावी गरेका छन् ।

उनीहरुका अनुसार, महिलाको गर्भावस्था भन्दा पहिले वा गर्भावस्थाको समय उनीहरुको ब्लड प्रेशरको अवस्थाले यो पत्ता लगाउन सकिने बताएका छन् । उनीहरुका अनुसार महिलाहरुमा ब्लड प्रेसर कम हुने महिलाले छोरी जन्माउने सम्भावना हुन्छ भने ब्लड प्रेसर उच्च हुने महिलाहरुले छोरा जन्माउने सम्भावना प्रवल हुन्छ ।

तर, यो स्पष्ट भने हुन सकेको छैन , कि कुनै महिलाले जानेर ब्लड प्रेशरलाई कम वा बढी गरेर बच्चाको लिंगलाई प्रभावित गर्न सक्छन् या सक्दैनन् ।

टोरन्टोका माउन्ट सिनाई हस्पिटलमा इन्डोक्राइनोलोजिस्ट डा.रवि रेतनाकरणले बताए, ‘पहिले यो थाहा थिएन कि गर्भावस्थाको बेला वा त्यो भन्दा पहिले महिलाको ब्लड प्रेशरले बच्चाको लिंगमाथि प्रभाव पार्न सक्छ ।’

वैज्ञानिकहरुले यो रिपोर्ट चीनको लाइयुयैंग प्रान्तका महिलाहरुको एक समूहमा अध्ययन गरी  तयार पारेका छन् । यि महिलाहरु गर्भाधारणको योजना बनाईरहेकी थिइन् ।

पुरुष प्रधान समाजमा भ्रुण हत्या वा जन्मे पछि छोरीको हत्या हुने क्रम बढेको देखेर यो अध्ययन भने विवादित छ ।

(एजेन्सी)

Last modified on 2017-07-03 14:28:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts