चिकित्सकको लापर्बाहीले सुत्केरीको मृत्यु



Download our app to get more features

धनुषा, ११ माघ । चिकित्सकको लापर्बाहीका कारण जनकपुरमा एक सुत्केरीको मृत्यु भएको छ ।

अवैध रुपमा सञ्चालनमा रहेको भनिएका जनकपुरका एक निजी अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको बताइएको छ ।

जनकपुर अञ्चल अस्पतालको अगाडि डा. प्रियरञ्जन कुमारले सञ्चालन गर्दै आएको ‘आर्या केयर एण्ड क्युर’ नामक अस्पतालमा सोमबार २२ वर्षीय जिबछी देवीको मृत्यु भएको हो । सर्लाही जिल्ला डुमरिया घर भएको र जनकपुरको पिडारीमा माइती रहेको जिबछीको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको पीडित परिवारको आरोप छ ।

अनुगमनका क्रममा पुस २७ गते ४० श्ययाको यो अस्पताल दुई जना नर्सको भरमा अवैध रुपमा सञ्चालन हुँदै आएको भेटिएपछि स्थानीय प्रशासनले त्यसमा ताला लगाएको थियो । जिल्ला अनुगमन समितिको निर्णयबिना नै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखले लगाएको ताला खोलिदिएकोे १३ दिनपछि यो घटना हुन गएको बताइएको छ ।

बजार अनुगमन समिति धनुषाका सदस्य रेणु झाले उक्त निजी अस्पताल सञ्चालनमा आएकाबारे हामीलाई जानकारी नभएको बताइन् ।

अञ्चल अस्पतालबाट सर्वसाधारणलाई फकाएर निजी अस्पतालमा पु¥याउने बिचौलिया र सर्वसाधारणको ज्यानसँग खेलबाड गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् । रासस

 

Last modified on 2017-07-03 14:28:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts