सास कसरी फेर्ने ? नाकबाट फेर्ने कि मुखबाट ?



Download our app to get more features

हामी दैनिक लगभग २६ हजार पटक श्वासप्रश्वास गर्ने गर्दछौ । तर हामिले कमै सोच्ने गर्दछौ हामी नाकबाट श्वासप्रश्वास गरिरहेका छौँ कि मुखबाट हामिले गल्ति पनि गरिरहेका हुन सक्छौं । हामीले श्वासप्रश्वास गर्ने तरिकाले अक्सिजनको मात्रा थपघट मात्र नभइ यसले सोच्ने तरिका तथा सम्झने शक्तिमा समेत प्रभाव पार्ने गर्दछ ।
 
वास्तवमा नाकको बनावोटको कारण यसलाइ प्रकृतिले श्वासप्रश्वासको लागिनै हामिलाइ दियको भएतापनि हामिले यसको महत्व  थाहा नपाएर यसको विकल्पको रूपमा रहेको मुखको प्रयोग गर्ने गर्दछौ। मुखबाट श्वासप्रश्वास गर्नु भनेको नाकबाट पानि खानु जस्तै भएकोले श्वासप्रश्वासको लागि नाकको नै प्रयोग गर्दा धेरै फाइदा हुने गर्दछ । 

 

नाकबाट श्वासप्रश्वास गर्दा यसमा रहेका रौंहरूले ससाना कणहरू लाइ छान्ने गर्दछ । यस्तै यसमा रहेको म्युकस तथा इन्जाइमले भाइरस तथा ब्याक्टेरियालाई मार्ने गर्दछ ।

नाकबाट श्वासप्रश्वास गर्दा यसमा रहेका रौंहरूले ससाना कणहरू लाइ छान्ने गर्दछ । यस्तै यसमा रहेको म्युकस तथा इन्जाइमले भाइरस तथा ब्याक्टेरियालाई मार्ने गर्दछ ।

नाकबाट श्वासप्रश्वास गर्दा हावालाई आवश्यक मात्रामा तातो अथवा चिसो बनाउन सहयोग गर्नुका साथै हावा लाई आद्रता प्रदान गर्ने भएकोले श्वासनलीमा समस्या आउन दिँदैन र नाकबाट सास फाल्दा यसमा रहेको पानिको मात्रा सोस्ने भएकोले जलवियोजन हुन बाट बचाँउछ । 

नाकबाट श्वासप्रश्वास गर्दा मुखबाट जस्तो फोक्सोको माथिल्लो भागमा मात्र अक्सिजन नगई अक्सिजनको मात्रा फोक्सोको तल्लो भाग सम्म जाने भएकोले र रगत गुरूत्वको कारण फोक्सोको तल्लो भागमा बढि हुने भएकोले अक्सिजन लिन र कार्वनन्डाइअक्साड फ्याक्न सहयोग गर्दछ ।

नाकबाट श्वासप्रश्वास गर्दा नाकमा रहेको रिफ्लेक्स नसा उत्साहित हुने भएकोले यसले गर्दा श्वासप्रश्वास नियन्त्रण गर्दछ जस्ले गर्दा सुत्दा घुर्ने तथा रातिमा श्वासप्रश्वास गर्न गाह्रो भइ बिउझने जस्ता समस्या नहुने भएकोले राम्रो निद्राको लागि सहयोग पग्दछ ।

मुखबाट श्वासप्रश्वास गर्दा गिजा सुख्खा हुन गइ समस्या हुने भएकाले नाक बाट श्वासप्रश्वास गर्दा यस्तो समस्या आउँदैन साथै धेरै मुखबाट श्वासप्रश्वास गर्दा कार्वन्डाइअक्साइडको मात्रा रगतमा कम हुनजान्छ र अक्सिजनको मात्रा दिमाग तथा तन्तुमा जान रोक्ने भएकाले मुखबाट श्वासप्रश्वास सकेसम्म गर्नुहँुदैन ।
नाकबाट श्वासप्रश्वास गर्दा साइनसबाट नाइट्रिक अक्साइड निस्कने र हावासँगै शरिरमा प्रवेश गरि यसले भाइरस तथा ब्याक्टेरिया लाइ मार्ने, रक्तचाप नियमित गराउने तथा प्रतिरक्षा प्रणालि बलियो बनाउने गर्दछ ।

नर्थवस्ट युनिभरसिटिका सोधकर्ताहरूले सातजना इपिल्यापसीका बिरामीहरूको इलेक्ट्रोयिन्सेफेलोग्राफिको सहायताले दिमागी प्रतिक्रिया हेर्दा मुखबाट र नाकबाट श्वासप्रश्वास गर्दा दिमागी प्रतिक्रिया फरक रहेको पाइएको थिया । हाम्रो दिमागको प्रिफर्म कर्टेक्स ले गन्ध सुँघ्ने तेस्तै गरेर हिपोक्यामपस ले सम्झने र अमाइग्डलाले दबाव तथा डरको बेला काम गर्ने गर्दछ। उक्त टिमले यि तिन वटा ठाँउमा मुखबाट श्वासप्रश्वास गर्दा कुनै प्रतिक्रिया नदेखिएको र नाकबाट श्वासप्रश्वास गर्दा यि तिन वटा ठाँउमानै प्रतिक्रिया देखिएको कुरा पत्ता लगाएका थिए ।

मुखबाट श्वासप्रश्वास गर्दा गिजा सुख्खा हुन गइ समस्या हुने भएकाले नाक बाट श्वासप्रश्वास गर्दा यस्तो समस्या आउँदैन साथै धेरै मुखबाट श्वासप्रश्वास गर्दा कार्वन्डाइअक्साइडको मात्रा रगतमा कम हुनजान्छ र अक्सिजनको मात्रा दिमाग तथा तन्तुमा जान रोक्ने भएकाले मुखबाट श्वासप्रश्वास सकेसम्म गर्नुहँुदैन ।

जर्नल अफ न्युरोसाइन्समा प्रकाशित इपिल्यप्सी (छारे रोग) नभएका स्वस्थ दर्जनौ स्वयमसेवकहरूमा गरिएको अध्ययन अनुसार उनिहरूको सम्झने शक्ति नाकबाट श्वासप्रश्वास गर्दा तुलनात्मक रूपमा राम्रो पाइएको थिया े। उक्त प्रतिक्रिया लाइ दोहोर्याएर गर्दा पनि उनिहरूको सम्झने शक्ति नाकबाट श्वासप्रश्वास गर्दा राम्रो पाइएको थियो ।

कम  श्वासप्रश्वासले केहि प्रकारका क्यान्सर लाइ समेत हुन सघाउने गर्दछ, यसको पुष्टि  सन् १९३१ मा अटो वारबर्गले अक्सिजन  अभावको कारण कोषहरूमा परिवर्तन भइ क्यान्सर हुने गर्दछ भन्ने तथ्य पत्ता लगाएकोले नोबल पुरस्कार दिइएको थियो । 

विज्ञहरूका अनुसार धेरै मानिसहरू श्वासप्रश्वास क्षमताको १० देखि २० प्रतिशत मात्र प्रयोग गर्ने गर्दछन । श्वासप्रश्वास क्षमताको कम प्रयोगले श्वासप्रश्वास कार्य घट्न गइ जस्ले गर्दा शरिरमा शक्तिको तहमा कमि हुने गर्दछ। अक्सिजन भनेको हाम्रो जिवनको नभइ नहुने तत्व हो भने सास बाहिर फल्ने प्रक्रिया हाम्रो शरिरमा रहेको बिकार पदार्थ बाहिर फल्ने प्रमुख माध्यम हो, त्यसैले कम श्वासप्रश्वाले  हाम्रो शरिर मा निद्रा नपर्ने देखि उच्च रक्तचाप सम्मका समस्या निम्तने गर्दछन । कम  श्वासप्रश्वासले केहि प्रकारका क्यान्सर लाइ समेत हुन सघाउने गर्दछ, यसको पुष्टि  सन् १९३१ मा अटो वारबर्गले अक्सिजन  अभावको कारण कोषहरूमा परिवर्तन भइ क्यान्सर हुने गर्दछ भन्ने तथ्य पत्ता लगाएकोले नोबल पुरस्कार दिइएको थियो । 

सोधकर्ताहरूका अनुसार नाक अथवा मुखबाट श्वासप्रश्वास गर्दा फरक पर्नुका खास कारण र असरहरू पत्ता नलागे पनि ति सोधकर्ताहरू सैदान्तिक रूपमा नाकबाट श्वासप्रश्वास गर्दा तनाबको अवस्थामा श्वासप्रश्वास बढ्ने र यसले सम्झने शक्ति तथा सोच्ने सिपमा सहयोग गरि आपतकालीन अवस्थामा बाँच्न सघाउछ भन्ने कुरामा एकमत रहेका छन् । 

माथि उल्लेखित विभिन्न फइदाहरूका कारण यदि तपाइको मुखबाट श्वासप्रश्वास गर्ने बानी छ भने परिवर्तन गर्नु उपयुक्त हुन्छ त्यसको लागि तपाईंले बानी नपर्दा सम्म हरेक दिन ना बाट श्वासप्रश्वास गर्न प्रयास गरिरहनु पर्दछ। जस्ले गर्दा तपाइको सम्झने शक्ति राम्रो हुनका साथै विभिन्न रोगहरूबाट समेत बच्नु हुनेछ ।

(लेखक बाँदिकोट स्वास्थ चौकी, बाँदिकोट,प्युठानमा कार्यरत छन्)
 

Last modified on 2017-07-03 14:30:42

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts