रक्तअल्पत्ताले श्रवणशक्तिमा ह्रास



Download our app to get more features

श्रवणशक्ति ह्रास र रक्तअल्पत्ताबीचको सम्बन्ध खोज्ने प्रयास गरिएको छ । हालैको एउटा अनुसन्धानबाट अमेरिकी जनसंख्यामा श्रवणशक्ति ह्रासको सम्बन्ध उच्च रक्तचाप, मधुमेह, धूमपान, अस्पताल भर्ना र जीर्ण स्वास्थ्यसँग बढी देखिएको छ ।

बहत्तर घण्टाभित्र श्रवणशक्ति ह्रास हुने समस्या सडेन सेन्सोरिन्युरल हेयरिङ लस (एसएनएचएल) को सम्बन्ध फलाम तत्वको कमीले हुने रक्तअल्पत्तासँग रहने हालै पत्ता लागेको छ । पेन्सिलभेनिया स्टेट युनिभर्सिटी कलेज अफ मेडिसिनको अनुसन्धान टोलीले यस विषयमा अनुसन्धान गरेको थियो ।

शरीरमा फलाम तत्वको कमी हुँदा राता रक्तकोषको संख्या घटेर उत्पन्न हुने समस्या रक्तअल्पत्ता हो । राता रक्तकोषले शरीरमा अक्सिजन ओसार्ने काम गर्ने भएकाले रक्तअल्पत्ता भएको अवस्थामा तन्तुहरुले पर्याप्त मात्रामा अक्सिजन पाउँदैनन् । विश्वका करोडौँ मानिस रक्तअल्पत्ताबाट पीडित रहेको अनुमान गरिन्छ । अनुसन्धान टोलीले पेन स्टेट मिल्टन एस हर्से मेडिकल सेन्टरको रेकर्डमा रहेको विद्युतीय तथ्याकं प्रयोग गरेको थियो । एक्काइसदेखि ९० वर्ष उमेर समूहका तीन लाख पाँच हजार ३ सय ३९ वयस्कमध्ये ४३ प्रतिशत पुरुष थिए ।

अनुसन्धान टोलीले फेरेटिन र हेमोग्लोविनको मात्रा जाँच गरेर रक्तअल्पत्ताको अवस्थासमेत हेरेको थियो । साथै, सबै रोगीको स्वास्थ्य विवरण पनि केलाइयो । श्रवणशक्तिमा उत्पन्न समस्यासमेत हेरिएको थियो । अनुसन्धानबाट निष्कर्ष दिइयो –रक्ताअल्पत्ताले गर्दा श्रवणशक्तिमा ह्रास आउँछ । 

 

(आजको गोरखापत्र दैनिकबाट)

Last modified on 2017-07-03 14:33:47

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts