बाँसबारीको न्यूरो अस्पतालमा तनाव, लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

What's This?


Download our app to get more features

काठमाण्डौं, ९ माघ ।अस्पतालको लापर्वाहीले बिरामीको ज्यान गरएको भन्दै राजधानीको बाँंसबारीस्थित न्युरो अस्पतालमा तोडफोड र कुटपिट गरिएको छ ।
सडक दुर्घटनामा परी घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भएको भीडले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र कर्मचारीलाई कुटपिट पनि गरेका छन् ।

आक्रोशित समुहले अन्धाधुन्ध आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । घटनामा करीव दुई दर्जन व्यक्ति घाइते भएको जनाइएको छ । एक्कासी बेहोस भएका नगरकोटीलाई आइसियूमा लाँँदादाँदै मृत्यु भएपछि आफन्तहरुले अस्पतालको लापर्वाही भन्दै तोडफोड र कुटपिट गरेका हुन् ।

घटना लगत्तै पुगेको प्रहरीको टोलीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरी र आक्रोशित भीडबीच केहीबेर घम्साघम्सी भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना लगत्तै पुगेको प्रहरीको टोलीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरी र आक्रोशित भीडबीच केहीबेर घम्साघम्सी भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक्कासी घटना भएपछि अस्पताल प्रशासनले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । सुरक्षा चुनौतिका कारण अस्पताल बन्द गर्नुपरेको अस्पतालले जनाएको छ । 

उता आक्रोशित बिरामीका आफन्तले अस्पतालको लापरवाहीको कारण मृत्यु भएको दावी गर्दै क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान लिएका छन् ।

Last modified on 2017-07-03 14:38:04

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts