यस कारण बिग्रन सक्छ मिर्गौला



Download our app to get more features

पाचन प्रक्रियाका क्रममा हामीले खाएको कुराबाट निस्किने सूक्ष्म खराब तत्व रगतमा मिसिएर मिर्गौलामा जम्मा हुन्छ । खराब तत्व मिर्गौलाकै सक्रियतामा पिसाबको माध्यमबाट शरीरबाट बाहिरिने गर्छ । तर, मिर्गौलामा खराबी भए यस्ता विकार तत्व बाहिर फ्याक्न सक्दैन । मिर्गौला बिग्रिने विभिन्न कारण छन् । तर, नियमित केही पाटोमा सचेत हुनसके मिर्गौला स्वस्थ राख्न सकिन्छ ः

१. खानपानले नै स्वास्थ्यमा महत्तवपूर्ण भूमिका खेल्छ । अत्यधिक चिल्लो, पिरो र मसालेदार खानाले मिर्गौलालाई फाइदा गर्दैन । अस्वस्थकर खानाले मिर्गौलामा खराबी ल्याउने सम्भावना बढी हुन्छ । त्यसैगरी मद्यपान र धुम्रपान गर्ने व्यक्तिको पनि मिर्गौला खाराब हुने खतरा बढी नै हुन्छ ।

२. मिर्गाैला बिगार्ने अर्को कारक हुन सक्छ मोटोपन । त्यसैले मोटोपन नियन्त्रणमा राख्नुपर्छ । मोटोपनले डायबिटिज र ब्लडप्रेसर हाई गराउँछ जुन मिर्गौलामा सीधा असर गर्न सक्ने समस्या हुन् । त्यसैले मोटोपन नियन्त्रणमा राख्न नियमित व्यायाम आवश्यक छ ।

३. मोटोपन बढ्ने तथा शरीरमा विभिन्न रोग लाग्ने कारणका पछाडी पाचनक्रियाको भूमिका जोडिएको हुन्छ । पाचनक्रिया सहज बनाउन शरीरलाई पर्याप्त पानी आवश्यक पर्छ । त्यसैले शरीरमा पानीको सन्तुलन कायम राख्नुपर्छ । पानीका विभिन्न स्रोत छन् । झोलिलो परिकार तथा फलपूmलबाट पनि पानी प्राप्त हुन्छ । खासगरी पानीको अभाव शरीरले नै महसुस गरिरहेको हुन्छ । प्रोटिनयुक्त खाना बढी खाएको बेला तुलनात्मक रुपमा पानी बढी सेवन गर्नुपर्छ । शरीरमा पानी कम हुँदा मात्रै होइन, आवश्यकताभन्दा बढी पानी पेलेर खाँदा पनि असर गर्न सक्छ । त्यसैले मिर्गौला स्वस्थ राख्न शरीरमा पानीको सन्तुलन कायम राख्नुपर्छ ।

४. विभिन्न साना–ठूला रोग लागिरहेकै हुन्छन् । यस्ता रोगमा कतिपयले आफ्नै खुसीमा औषधि सेवन गर्ने गरेको पनि पाइन्छ । तर, याद गर्नुहोस्, जथाभावी औषधि सेवन गर्दा मिर्गौलामा असर पर्न सक्छ । त्यसैले जुनसुकै औषधि पनि चिकित्सकको परामर्शमा मात्रै सेवन गर्नुहोस् ।

५. मिर्गौलामा जुनसुकै कारणले पनि असर पार्न सक्छ र हरेक कुरामा सचेत रहँदा–रहँदै पनि मिर्गौला बिग्रिरहेको पनि हुन सक्छ । अझ मिर्गौला बिग्रिएको लक्षण नै नदेखिन पनि सक्छ । त्यसैले कम्तीमा वर्षको एकपटक मिर्गौला जाँच गराउनैपर्ने हुन्छ । थोरै पैसाले ठूलो समस्या आउनबाट जोगिन सकिन्छ ।
 

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-07-03 14:59:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts