जनचेतनाको अभावले ठूलो आन्द्राको क्यान्सर



Download our app to get more features

मानव शरीरमा लाग्ने क्यान्सरमध्ये ठूलो आन्द्राको क्यान्सरले धेरैलाई सताएको पाइन्छ । यस्ता रोगीहरुको संख्या नेपालमा दिनदिनै बढ्दो छ । विकसित देशमा ठूलो आन्द्राको क्यान्सर सामान्य मानिए पनि नेपालमा ठूलै मानिन्छ ।

जनचेतनाको अभावले तथा समयमा उपचार नहुँदा यस्तो अवस्था आएको हो । ठूलो आन्द्राको क्यान्सरबारे जानकारी र रोग लाग्नबाट बच्ने उपायका बारेमा डा.विवेक शर्माको भनाइ यस्तो छ ः

१. नेपालमा हालसम्म क्यान्सर परीक्षणको सुविधा छैन । त्यस्तै, उपचारका लागि विषेशज्ञको संख्या पनि कम छ । आवश्यक अध्ययन अनुसन्धान नहुँदा क्यान्सरको समस्या बढिरहेको छ ।

२. नेपालमा ठूलो आन्द्राको क्यान्सर परीक्षण गर्ने विषयमा जनचेतना बढाउन आवश्यक छ । जसले गर्दा बच्ने उपाय र उपचारका बारेमा थाहा पाउन सकिन्छ । यस विषयमा ध्यान दिन नसकेका कारण यसले भयावह रुप लिँदै गएको हो ।

३. ठूलो आन्द्राको क्यान्सर हुनुअगावै पत्ता लगाउन सकिएमा धेरैको जीवन जोगाउन सकिन्छ । सुरुवातमा यो रोग सानो पोलिप (एडिनोमा) बाट हुन्छ र केही वर्षमा क्यान्सरमा परिणत हुने गर्दछ ।

४. पोलिप एडिनोमा कोलोनोस्कोपी गरेर निकाल्न सकेका खण्डमा ठूलो आन्द्राको क्यान्सरजस्तो भयानक रोगबाट बच्न सकिन्छ ।

५. मानिसमा ठूलो आन्द्राको क्यान्सर भएमा दिसामा रगत देखिने, नाइटोमुनिको भाग दुख्ने, तौल कम हुँदै जाने, खाना खान मन नलाग्ने, छिट्टै थकान महसुस हुने, दिसा ठीक नहुने, कहिले पखाला लाग्ने कहिले कब्जियत हुने हुन्छ ।

६. ठूलो आन्द्राको क्यान्सर भएको थाहा पाउन निकै कठिन पर्ने भएकाले वेलावेलामा स्वास्थ्य जाँच गराउनुपर्छ ।

७. शरीरमा रगत कम हुने हुँदा मलद्वारको परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । दिसाको जाँच, सिग्म्वा इन्डोस्कोपी, व्यारियम इनेमा, भर्चुअल कोलोनोस्कोपी गरेर पनि ठूलो आन्द्राको क्यान्सर भए÷नभएको पत्ता लगाउन सकिन्छ ।

८. मानिसमा ५० वर्षपछि ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुने गरेको छ । बजारमा पाइने तयारी खानेकुरा अत्यधिक खाने, रेसादार खाना कम खाने र शारीरिक व्यायाम नगर्ने प्रवृत्तिले यसको समस्या बढेको देखिन्छ ।

९. मानिसले नियमित व्यायाम गर्ने, फाइबरयुक्त खाना खाने, फलफूल तथा हरियो सागपात प्रशस्त सेवन गर्ने र तौललाई सन्तुलनमा राख्ने गर्नुपर्छ ।

१०. क्यान्सर भएको व्यक्तिको अवस्था हेरेर उसलाई शल्यक्रिया केमोथेरापी रेडियोथेरापी के गर्ने भनेर निर्णय लिने गरिन्छ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-07-04 14:22:12

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts