बच्चालाई एचआइभी हुँदा अभिभावकको भूमिका



Download our app to get more features

एचआइभी–एड्सबारे मानिसहरुको सोच्ने तरिका अझै सकारात्मक छैन । एचआइभी संक्रमितलाई अझै पनि समाजले अस्वीकार्य भावले हेर्ने गरेको पाइन्छ । त्यसो त यसबारे सकारात्मक सोच पनि विकास हुँदै गएरको छ ।

कतिपय बालबालिका जन्मजात एचआइभी संक्रमित भएर आएको पाइन्छ । बाल्यावस्थामै एचआइभी देखिए अभिभावकले बालबालिकाको स्वास्थ्यमा कस्तो भूमिका खेल्ने ? यस्ता छन्, नर्स राधिका सापकोटाको सुझाव ः

१. एचआइभी मानव शरीरको प्रतिरोधात्मक क्षमता कमजोर गराउने एक प्रकारको भाइरस हो । एचआइभी र एड्स फरक कुरा हो । संक्रमणको अवस्थालाई एचआइभी भनिन्छ भने विभिन्न रोगको संक्रमण भएर प्रतिरक्षा प्रणालीमै असर पुग्नु एड्स हो ।

२. जुनसुकै रोग लाग्दा पनि बालबालिकाहरुका लागि विशेष प्रकारको हेरचाह आवश्यक पर्छ । अभिभावकले आफ्नो बच्चाको प्रतिरक्षा प्रणाली कत्तिको बलियो छ भनेर वेला–वेलामा परीक्षण गराउनुपर्छ । संक्रमित बच्चाको पनि वेला–वेलामा स्वास्थ्य तथा रक्तपरीक्षण गराउनुपर्छ ।

३. एचआइभीले प्रतिरक्षा प्रणालीमा सीधै असर गर्ने हुनाले प्रोटिन, कार्बोहाइडे«ड, भिटामिन र शुद्ध खानेकुरा प्रशस्त मात्रामा खुवानुपर्छ ।

४. बच्चालाई धुलो, धुवाँ र फोहोरमा नराख्ने । बच्चाहरु यस्तो वातावरणमा गए भने अभिभावक रिसाउने होइन, सम्झाउने गर्नुपर्छ । उनीहरुको प्रतिरक्षा प्रणाली कमजोर भएका कारणले गाली गर्नु राम्रो हुँदैन । यस्तो अवस्थामा बच्चालाई जुनकुनै झन्झटले झनै समस्यामा पार्छ ।

५. संक्रमित बच्चालाई सजिलैसँग पच्ने किसिमका खानेकुरा मात्रै खुवाउनुपर्छ । सागसब्जी राम्ररी छोपेर तथा राम्रोसँग पकाएर मात्रै खान दिनुपर्छ ।

६. दिनप्रतिदिन उमेर बढ्दै जाने हुँदा खानामा सोहीअनुसारको परिकार बढाउँदै लैजानुपर्छ । एचआइभी संक्रमित बच्चाहरुको प्रतिरक्षा प्रणालीलाई चुस्त दुरुस्त राख्न सहयोग गर्ने खालका खानेकुरा दिनमा पाँचपटक खुवाउने गर्नुपर्छ । यसरी खाँदा खाना, खाजा, दूध, गेडागुडी, फलफूल मिलाएर खानुपर्छ ।

७. एचआइभीको पनि नयाँ–नयाँ उपचार पद्धति भित्रिरहेको छ । संक्रमण भएको थाहा हुनासाथ दक्ष स्वास्थ्यकर्मीको निगरानीमा एआरभी नामक औषधि सेवन गराउनुपर्छ ।

८. एचआइभी मात्रै प्राणघातक रोग होइन । वेलैमा सही उपचार गराएर नियमित औषधि सेवन गरेमा एचआइभी संक्रमितले पनि लामो जीवन बाँच्ने तथा स्वस्थ मानिससरह काम गर्न सक्ने क्षमता राख्छन् ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-07-04 14:54:37

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts