होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न

What's This?


Download our app to get more features

विराटनगर, ४ माघ । नेपाल होमियोपेथिक चिकित्सक सङ्घ, विराटनगरको आयोजनामा सुनसरीको अमडुवामा संयुक्त स्वास्थ्य शिविरको आयोजना गरिएको छ । 

डा टिएन रायको ४० औँ पुण्यतिथिका अवसरमा सोमबार आयोजित सो शिविरमा निःशुल्क आँखा, कान र दाँतको उपचारका साथै होमियोपेथिक पद्धति थोरै औषधिबाट गरिने उपचार०बाट समेत उपचार गरिएको थियो । 

सो अवसरमा विराटनगर आँखा अस्पतालद्वारा तीन सय २२ जनाको उपचार गरिएकामा एक सय २० जनामा मोतीबिन्दुको पहिचान गरियो । त्यस्तै १ सय ५० जनाको उपचार गरी निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको थियो । 

डा अजयकुमार रायले दाँतको उपचार तथा नेपाल होमियोपेथिक सङ्घबाट डा रवीन्द्र कुमार, डा रवि प्रकाश, डा आशिष कुमार, डा नीरज कुमार, डा अशोक कुमार, डा शिव कुमारलगायतले सेवा प्रदान गर्नुभएको थियो ।

-रासस/फाईल तस्वीर

Last modified on 2017-07-04 15:00:26

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts