दाँत माझ्दा गिजाबाट रगत आउँछ ? अपनाउनुस् ७ उपाय (भिडियो सहित)



Download our app to get more features

दाँतको समस्यालाई धेरैले सामान्य रुपमा लिन्छन् । अधिकांशमा दाँत प्रति गर्ने लापर्वाहीले नै दाँत मुख र गिजामा समस्या देखिन्छ । दाँतमा देखिने समस्या कै कारण शरीरका अन्य अंगमा पनि समस्या देखिन्छ । धेरैलाई हुने समस्या मध्ये दाँत माझ्दा गिजाबाट रगत आउने हो । के कारणले यस्तो हुन्छ र यसबाट कसरी बच्ने दन्त चिकित्सक डा.मलिना रञ्जितका सुझाव यस्ता छन् ।

 धेरै व्यक्तिमा दाँत माझ्दा गिजाबाट रगत आउने हुन्छ । यसका कारण धेरै छन् ।

दाँत माझ्दा गिजाबाट रगत आउने प्रमुख कारण :
१.दाँत फोहोर हुँदा, दाँत र गिजामा व्याक्टेरियाहरु जम्मा हुन्छन् । यस्ता ब्याक्टेरीयाले विस्तारै दाँतमा बिभिन्न समस्या ल्याउँन  थाल्छन् । (दाँत दुख्ने, किराले खाने, गिजा सुन्निने, दाँतले गिजा छोडेको जस्तो हुने आदि )
२. कोही कोहीमा पेट वा अन्य रोगका कारण पनि गिजामा समस्या भई सास गनाउने तथा दाँत माझ्दा रगत आउँछ ।

यो समस्याबाट मुक्त हुने उपाय :
१. कम्तिमा दिनको दुई पटक राम्रोसँग दाँत माझ्ने । 
२. दाँत माज्दा सधँैभरी नरम ब्रसले ४५ डिग्रीको कोण बनाएर हल्कासँग दुई तीन मिनेट माझ्ने ।
३.दाँत चाडै सफा गर्ने हेतुले धेरै घोट्नु हुदैन् । यसो गर्दा दाँतको इनामेलमा असर गरी दाँतमा समस्या आउन सक्छ ।
४. दाँतमा लाग्ने धेरै गुलियो तथा टासिने कुरा खाए तुरुन्त दाँत सफा गर्ने । 
५.दाँतको फोहोर निकाल्न धेरैले सियो वा चुच्चो बस्तुको प्रयोग गर्छन् । यसले गिजाबाट रगत आउनुको साथै संक्रमणको खतरा बढी हुन्छ । 
६. कम्तिमा वर्षको २ पटक ब्रस परिवर्तन गर्नुपर्छ ।
७.दाँत दुख्ने वा कुनै समस्या नभए पनि वर्षको एक चोटी दन्त विशेषज्ञसंग दाँतको परीक्षण गराउनु पर्छ । किनकी दाँतमा तत्काल समस्या नदेखिए पनि बिस्तारै गिजा तथा मुखकै क्यान्सरको समस्या समेत ल्याउन सक्छ । 
दाँत र गिजाको सुरक्षा नै दाँत माझ्दा गिजाबाट रगत आउन नदिने उत्तम उपाय हो ।

भिडियो हेर्नुस् 
 

Last modified on 2017-07-04 15:00:47

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts