विपन्न विद्यार्थीलाई न्यानो कपडा



Download our app to get more features

बनियानी (झापा), ४ माघ । झापाको दक्षिणी गाविस टाघनडुब्बा–८ गैरीगाउँस्थित नमुना प्राथमिक विद्यालयमा अध्ययनरत सन्थाल र दलित समुदायका एकसय ४० जना विद्यार्थीलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ । 

धरानको ‘हामी साथी साथी’ नामक संस्थाले त्यहाँका गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई स्वेटर, टोपी, जुत्ता र मोजा वितरण गरेको हो । हामी साथी साथीका सुमन श्रेष्ठ, गोपाल दाहाल, थिरबहादुर श्रेष्ठ लगायतको टोलीले विद्यालयलाई सो सामग्री हस्तान्तरण गरेको थियो । रासस 
 

Last modified on 2017-07-04 15:02:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts