महानिरीक्षक अर्यालद्वारा प्रहरी अस्पतालको उद्घाटन



Download our app to get more features

राजविराज (सप्तरी), ४ माघ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सप्तरीमा नवनिर्मित ठाकोदेवी–जोगेन्द्र भगत पूर्वक्षेत्रीय प्रहरी अस्पतालको सोमबार उद्घाटन गरेका छन् । 

जिल्लाको रायपुर–८ स्थित रुपनीमा निर्माण गरिएको सो अस्पतालको आज एक समारोहकाबीच उनले उद्घाटन गरे । जग्गासमेत गरी करिब रु ३० करोडको लागतमा निर्माण गरिएको अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गरी सर्वसाधारण जनताका लागि सेवा र सुविधा पु¥याउने गरी प्रभावकारी बनाउने महानिरीक्षक अर्यालले उद्घाटनका क्रममा बताए । 

अस्पताल निर्माणका लागि दुई बिगाहा पाँच कट्ठा जग्गा प्रदान गर्ने राजविराज–४ निवासी जग्गादाता जोगेन्द्र भगत र ठाकोदेवी भगत दम्पतीलाई आयोजित कार्यक्रममा सम्मान समेत गरिएको छ । 
यसैबीच, सोही अवसरमा प्रमुख अतिथि अर्यालले अस्पताल परिसरमा वृक्षरोपण गर्नुका साथै भगत दम्पतीको प्रतिमूर्तिसमेत अनावरण गरे । रासस 

 

Last modified on 2017-07-04 15:03:37

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts