नेपालमा मिडवाइफ विषयमा पठनपाठन सुरु

What's This?


Download our app to get more features

काठमाडौँ, ३ माघ । नेपालमा मिडवाइफ विषयमा (ब्याचलर्स इन मिडवाइफ्री कोर्स) स्नातक तहको पठनपाठन सुरु भएको छ । 

राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को आर्थिक एवम् प्राविधिक सहयोगमा नेपालमा पहिलोपटक स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स) र काठमाडौँ विश्वविद्यालयमा पुस २१ गतेदेखि सो विषयमा पठनपाठन सुरु गरेका हुन् । 

युएनएफपिएद्वारा आज यहाँ जारी विज्ञप्तिमा नेपालमा मातृमृत्यु र नवजात शिशु मृत्युदर घटाउन मिडवाइफहरूको भूमिका महत्वपूर्ण रहुको हुँदा मिडवाइफ जनशक्ति उत्पादनका युएनएफपिएले सो सहयोग गरेको जनाइएको छ । 

सो अवसरमा नेपालका लागि युएनएफपिएकी प्रतिनिधि जुलिया भलिसीले अग्रणी ती दुई संस्थाबाट ब्याचलर्स इन मिडवाइफ्री कोर्स सुरु गरेकामा धन्यवाद दिँदै यसबाट नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि महत्वपूर्ण कासेढुङ्गा सावित भएको बताइएको विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा राम्ररी तालिम प्राप्त मिडवाइफहरूका साथै उनीहरूलाई रोजगारीमा भर्ना लिने, काममा खटाउने र काममा लगाइराख्ने योजनाले कुल मातृ तथा नवजात शिशु मृत्युको झन्डै दुईतिहाइ घटाउनका निम्ति मद्दत पु¥याउन सक्ने उल्लेख गरिएको छ । 

उनीहरूले ८७ प्रतिशतसम्म अत्यावश्यक यौन, प्रजनन, मातृ तथा शिशु स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने, अनुकूल परिस्थितिको निर्माण र आवश्यक नीति–नियमबाट साथ दिने हो भने मिडवाइफहरू स्वास्थ्य सेवामा सबैको पहँुच सुनिश्चित गर्न एउटा सबैभन्दा मितव्ययी र सांस्कृतिक रूपमा संवेदनशील उपाय हो विज्ञप्तिमा भनिएको छ । 

युएनएफपिएका पैरवी तथा सूचना अधिकृत सन्तोष क्षेत्रीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सङ्गठन, युनिसेफ, युएनएफपिए र विश्व बैंकसहितको अन्तर एजेन्सी समूहको मातृ मृत्युसम्बन्धी एक अनुमानअनुसार सन् १९९० मा प्रति एक लाख जीवित जन्ममा ९०१ मातृ मृत्युदर रहेकामा सन् २०१५ मा २५८ मा झारेर नेपालले अत्यन्तै ठूलो प्रगति गरेको जनाइएको छ । 

सुत्केरी गराउने दक्ष सहयोगीको अभावमा घरमै सुत्केरी हुँदा वा स्वास्थ्य निकायहरूमा पूर्णरूपमा स्तरीय प्रसूति सेवा÷रेखदेखको उपलब्धता नहुनाले धेरै महिलाको सुत्केरी हुने क्रममा मृत्यु हुने क्रम अझै जारी छ । त्योभन्दा पनि ज्यादा, स्वास्थ्य सेवाको उपयोग र पहुँचमा असमानताले विभिन्न भौगोलिक क्षेत्र, जातीय समूह तथा शैक्षिक र आर्थिक अवस्था भएकाहरूबीचको स्वास्थ्य स्थितिमा गम्भीर विभेद पैदा गरेको विज्ञप्तिमा भनिएको छ । 

युएनएफपिएले सन् २००९ देखि नै नेपालमा मिडवाइफी शिक्षाको विशिष्टीकरणका लागि स्वास्थ्य मन्त्रालय र अन्य साझेदारहरूसँग काम गर्दै आइरहेको छ । 

मिडवाइफहरूका एजेन्डालाई मूलधारमा ल्याउन नेपाल नर्सिङ काउन्सिलले खेलेको सक्रिय भूमिकाको पनि हामी स्वागत गर्न चाहन्छौँ । 

“हामी आशा गर्छौं कि, सरकारले छिट्टै भविश्यका मिडवाइफलाई रोजगारीमा भर्ना लिने, काममा खटाउने, काममा लगाइरहने र उनीहरूको करियरको योजना बनाउने छ, जसले गर्दा उनीहरूले आफू स्नातक हुनेबित्तिकै सेवा दिने अवसर पाउने छन्”, भलिसीले भने–“मिडवाइफहरूलाई अझ सबल बनाउन सरकारलाई सघाउन युएनएफपिए तत्पर छ ।”

-रासस 

Last modified on 2017-07-04 15:04:53

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

2 Comments

  1. Dherae nae ramro yo sthapana garnu khusi ko kura cha .yasko padae kaha hunxa ra kahile bata suru hunxa pls ali chado tha pauna paya huntheu.

  2. Yo news tha pauda dherae khusi lagyo. Ma pani bigat 6 year dekhi akdam bigat thauma yo sewa gariraxu ANM position ma rahera .ma ajha mero career better banauna chahanchu tara mero arthi awastha kamjor vayako huda maele further study garna sakeko 6aena .please mero pani samasya dhyanma rakhi dinus. Namaste! from fulamu


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts