बाजुराको व्यथाः परिवार नियोजनको करोडौं लगानी बालुवामा, आमाहरु दर्जन बच्चा जन्माउँदै   



Download our app to get more features

बाजुरा । साप्पाटा ६ की ४२ वर्षीय आवर्मा बुढाले १३ औ सन्तानका रुपमा छोरा जन्माएकी छन् । १५ वर्षमा बिहे गरेकी आवर्माले ९ बच्चा जीवित जन्माइन भने ४ वटा मृत बच्चा जन्माइन् । ९ वटा मध्ये ७ वटा छोरी जन्माएकी छन्, भने दुई वटा छोरा जन्माएको उनका श्रीमान पायन बुढाले बताए ।  पहिला साप्पाटा स्वास्थ्य चौकी र त्यसपछि बाधु स्वास्थ्य चौकीमा प्रसुति गर्नका लागि उनलाई लिएपनि त्यहाँ हुन नसकेपछि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा लगिएको थियो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको प्रयासका कारण आवर्माले बच्चा जन्माएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विकल लामिछानेले बताएका छन् । उनको अवस्था अप्ठयारो रहेको थियो, ३ जना स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएको विकलले वताए । वर्माले १३ औ बच्चामात्र स्वास्थ्य केन्द्रमा जन्माईन । बाँकी सबै बच्चा घरमा र काममा गएको बेला जंगलमा बच्चा जन्माएकी हुन् । परिवार नियोजनको चेतना नभएको उनी उमेर ढल्कँदासम्म १३ औ सन्तानको आमा भएकी छिन् ।

१४ बर्षको उमेरमा विवाह गरेकी छम्मले ४५ बर्षको उमेर पुग्दा सम्म ११ बटा बच्चा जन्माईन् । ११ बच्चा मध्ये उनको ७ वटा जिबित रहेका छन्, भने ४ वटा बच्चाको मृत्यु भइसक्यो । परिवार नियोजनको साधन प्रति कुनै जानकारी नभएका कारण आफुले बच्चा जन्माइरहेको छम्मले वताइन् ।

आवर्माले कहिले परिवार नियोजनका साधन प्रयोग नगरेको कारण धेरै बच्चा जन्मिएका हुन् । परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ र उमेर ढल्किसकेपछि बच्चा जन्माउनु हुदैन भन्ने चेतना अभावका कारण धेरै सन्तान भएको आवर्माका श्रीमानको भनाइ छ । आवर्मा त एक उदाहरण मात्र हुन् । जस्तै बाजुराका दुर्गम गाँउका धेरै महिलाहरु उमेर ढल्किसकेपछि पनि बच्चा जन्माउने गरेका छन् । गोत्री ८ बस्ने छम्म लुवारले पनि ४५ बर्षको उम्मेर बच्चा जन्माईन् । १४ बर्षको उमेरमा विवाह गरेकी छम्मले ४५ बर्षको उमेर पुग्दा सम्म ११ बटा बच्चा जन्माईन् । ११ बच्चा मध्ये उनको ७ वटा जिबित रहेका छन्, भने ४ वटा बच्चाको मृत्यु भइसक्यो । परिवार नियोजनको साधन प्रति कुनै जानकारी नभएका कारण आफुले बच्चा जन्माइरहेको छम्मले वताइन् ।

 त्यस्तै जगन्नाथ ४ बस्ने कुशुकला सार्कीले पनि ४१ बर्षको उमेरमा १० औं पटक बच्चा जन्माईन् । दशौं पटकमा उनले जुम्ल्याहा बच्चा जन्माईन् । बच्चा जन्माउँदा जन्माउँदै उनको स्वास्थ्य अवस्था समेत निकै कमजोर भइसकेको छ । तर उनलाई बच्चा नजन्माउने कुनै उपायका बारेमा थाहा नै छैन ।  

३५ बर्षको उमेर पछि उनको बच्चा पाउन सक्ने क्षमता समेत कम हुँदै गएको छ, तर उनले बच्चा पाउन छोडेकी छैनन् । गोत्री १ बस्ने ४० वर्षीय जौमति विष्टले पनि बच्चा जन्माईन् । उनले यो बच्चा लगाएर ८ वटा बच्चा जन्माएको बताईन् । त्यसमध्ये ५ वटा बच्चा जीवित रहेको छन् । आफुहरुलाई परिवार नियोजनको साधन प्रयोग गर्नुपर्ने हुन्छ, भन्ने कुनै जानकारी पनि छैन् र अहिले सम्म कुनै साधन प्रयोग नगर्ने गरेको बताईन् । त्यस्तै उनका श्रीमान लोकले पनि कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेको बताए ।

आफुहरुलाई परिवार नियोजनको साधन प्रयोग गर्नुपर्ने हुन्छ, भन्ने कुनै जानकारी पनि छैन् र अहिले सम्म कुनै साधन प्रयोग नगर्ने गरेको बताईन् । त्यस्तै उनका श्रीमान लोकले पनि कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेको बताए ।

महिलाले २० बर्ष देखी ३५ बर्षको उमेरमा बच्चा पाउने सुहाउँदो उमेरका रुपमा लिने गरेको जिल्ला स्वास्थ्य कार्यलयकी स्टार्फ नर्स सुनिता केसीले बताईन् । तर दुर्गम तथा पछाडी परेको गाँउहरुमा भने २० वर्ष पुग्दासम्म दुई, तीनवटा बच्चा समेत पाईसकेका हुन्छन् भने ४५ वर्षको उमेर पुग्दासम्म पनि बच्चा पाईराख्ने गरेको पाईएको छ । उमेर बुढो भइसकेपछि बच्चा पाउने समस्याले आमा र बच्चा दुबैको अवस्था जोखिम हुने गरेको उनले वताईन् । बच्चा पनि अपाङ्ग, सुस्तमनस्थिति, कुपोषित जस्तो बच्चा जन्मने, आमा र बच्चाको ज्यान जोखिम हुने आमापनि रक्क्तस्राव जस्ता समस्याले ग्रसित हुने गरेको केसीले थपिन् । धेरै बच्चा जन्माउने कम उमेरमा बच्चा जन्माउनु र बुढेसकालमा सम्म बच्चा जन्माउनुले पनि महिलाहरुमा पाठेघर खस्ने समस्या रहेको डा. विकल लामिछानेले बताए ।

एकातिर धेरै बच्चा अर्कोतिर बच्चा र आमाको स्वास्थ्य समेत कमजोर हुने गरेको छ । सरकारले वर्षेनी परिवार नियोजन सम्बन्धी बिभिन्न कार्यक्रम गरिँदै आएको छ । तर दुर्गम तथा पछाडी परेका समुदायमा भने परिवार नियोजनको साधन प्रयोग कम गर्ने गरेको पाईएको स्थानीय मन बिकले बताए ।

बाजुरामा जिल्लामा जिल्ला स्वास्थ्य कार्यलय, युनिसेफ, युएानएफीय लगायत सरकारी तथा गैर सकारी संस्थाहरुले बर्षेनी परिवार नियोजनका नाममा करोडौ रुपैया खर्च गर्दै आएका छन् । तर, अझै त्यहाँका अधिकांश महिलालाई अझै परिवार नियोजनको महत्व र आवश्यक्ता बारेमा थाहा नै छैन ।

चेतना अभावले धेरै बच्चा जन्माउने र परिवार नियोजनका साधन प्रयोग गर्ने चेतना अभावका कारणले बुढेसकालमा बच्चा जन्माउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । कम उमेरमा बच्चा जन्माउने र उमेर ढल्कँदा सम्म बच्चा पाइरहनाले केही महिलाले अकालमै ज्यान गुमाउने गरेका छन् ।

अहिले पनि दुर्गम गाँउमा परिवार नियोजन सम्बन्धी चेतना नभएको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणि शाहले बताइन् । बाजुरामा जिल्लामा जिल्ला स्वास्थ्य कार्यलय, युनिसेफ, युएानएफीय लगायत सरकारी तथा गैर सकारी संस्थाहरुले बर्षेनी परिवार नियोजनका नाममा करोडौ रुपैया खर्च गर्दै आएका छन् । तर, अझै त्यहाँका अधिकांश महिलालाई अझै परिवार नियोजनको महत्व र आवश्यक्ता बारेमा थाहा नै छैन ।

Last modified on 2017-07-04 15:05:23

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts