बालबालिकालाई जाडोमा झाडापाखाला गराउने रोटा भाईरस के हो ?



Download our app to get more features

जाडो महिनामा झाडापखाला हुन्छ भनेर धेरै कम लाई मात्र थाहा हुनसक्छ। गर्मी र बर्षातमा मात्र हामीले झाडापखाला बारे चर्चा गर्ने गरिन्छ। बिश्वमा ५ बर्ष मुनिका बालबालिकामा झाडापखालाका कारणले मृत्यु गराउने  नम्बर एक कारक सुष्म जिवाणु रोटा भाईरस हो भनेर धेरैलाई थाहा नहुन सक्दछ। यो बाल झाडापखाला नेपालमा पनि व्यापक रुपमा छ भन्ने कुरा, यो पंक्तिकारले बिध्याबारिधि गर्दा पाएको नतिजाले देखाउदछ।

पंक्तिकारको अनुसन्धानले नेपालमा झाडापखालाको कारणले भर्ना हुने बालबालिका मध्ये झन्डै ३३ प्रतिशत यहि रोटा भाईरसको कारण हुने गरेको देखाएको थियो। यधपी एसियाली देशहरुमा यसको प्रभाव झन्डै ५० प्रतिशतसम्म रहेको विभिन्न अनुसन्धानहरुले देखाउदछ।

यति ठुलो संख्यामा बालबालिकालाई प्रभावित पार्ने यस भाईरसको बारेमा सर्बसाधारण बीच थाहा नहुनु वा चेतनामूलक कार्यक्रम नहुनु बिडम्बना हो। जाडो महिना बढ्दै जाँदा रोटा भाईरसका कारणले विभिन्न बाल अस्पतालमाहरुमा तारन्तार पातलो दिसा र बन्ताको लक्षणहरु लिएर भर्ना हुनेको संख्या पनि ह्वात्तै बढ्दै गएको छ।

यसको लक्षण बालबालिकाहरुमा संक्रमण भएको ४८ घण्टामा देखा पर्ने गर्दछ। पानी जस्तो पखाला लाग्नु र बान्ता हुनु यसका प्रमुख लक्षणहरु हुन्। यस बाहेक बालबालिकामा पिसाब कम लाग्ने, मुख तथा घाँटी सुख्ने, रुँदा आँसु नआउने तथा बिचैनी वा आलस्य हुने गर्दछ। लक्षणहरु एक हप्तासम्म देखा पर्न सक्दछ।

संक्रमित बालकको सम्पर्कमा आउने परिवारका अरु सदस्यहरु वा अरु बालबालिकाहरुलाई सजिलै यो भाईरस सर्ने गर्दछ। संक्रमित बालकको दिसाबाट यो भाईरस बाहिरी वातावरणमा बिभिन्न मध्यम बाट फैलिदै गई  संक्रमित पानी, खाना, वा सो भाईरस रहेको कुनै सतहमा छुँदा अरु बालबालिकाहरुमा सर्ने गर्दछ।

 यसको निदान भ्ीक्ष्क्ब् जाँच वा पीसीआर प्रबिधिद्वारा गर्न सकिन्छ। यो दुवै जाँच नेपालमा नियमित प्रयोगशाला  जाच अन्तर्गत गर्ने गरिँदैन। तर जाडो महिनामा खासगरी बालबालिकामा माथि उल्लेखित लक्षणहरु देखा परे रोटा भाईरसको शंका भने गर्न सकिन्छ। केहि बर्ष अगाडी जाडो महिनाको समयमा जाजरकोटमा झाडापखालाको कारणले ठुलो सख्यामा बालबालिका प्रभावित भएको, र केहीको मृत्यु समेत भएको थियो। पछि जाचपढ़ताल गर्दा रोटा भाईरस नै यसको कारक जिबाणु भएको पत्ता भएको थियो। यो नवजात शिशुमा पहिलो पल्ट संक्रमण गर्दा सबै भन्दा कडा हुने गर्दछ।

यसको निश्चित उपचार हुदैन। जीवनजल वा सलाइन पानी समयमा दिनु एक मात्र बालबालिकाको ज्यान बचाउने उत्तम बिकल्प हो। व्यक्तिगत सरसफाईमा ध्यान दिनु यसबाट अर्को उपाय हो । बिकशित देशहरुमा पनि यसको प्रकोप हाम्रो देशको भन्दा खासै फरक नदेखिएकोले व्यक्तिगत सरसफाई र शुद्ध पानी मात्र रोटा भाईरसको संक्रमण बाट बच्न पर्याप्त नहुने देखिन्छ। तसर्थ  रोटा भाईरस बिरुद्ध लड्न खोपको हालै विकास गरिएको छ, र बिश्वमा धेरै देशरुले यसलाई आफ्नो बालखोप कार्यक्रममा अन्तर्गत प्रयोगमा ल्याइसकेको वा ल्याउँदै आहेको छ।

नेपालमा हालसम्म यो खोपको प्रयोग भैसकेको छैन। नेपालमा ठुलो संख्यामा बालबालिकामा रोटा भाईरसको कारणले  झाडापखाला गराई अस्पताल भर्ना हुने र ठुलै संख्यामा मृत्यु समेत गराएको हुनसक्ने भएकोले, यो खोपको सघन आवश्यकता नेपालको लागि पनि देखिन्छ। नेपालको बिकट भौगोलिक स्थिति र पर्याप्त स्वस्थ चौकी नहुनु वा भएता पनि समयमा सलाइन पानी उपलप्ध नहुने हुँदा बालखोप कार्यक्रममा अन्तर्गत रोटा भाईरस बिरुद्धको खोप समाबेश गर्न नेपाल सरकारले छिटो पहल गर्नु पर्दछ।  

 

Last modified on 2017-07-04 15:05:50

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts