जिल्ला जनस्वास्थ्य काठमाण्डौमा स्वास्थ्य संस्था दर्ता गर्नेको घुइँचो,माघ मसान्तसम्म समयसीमा



Download our app to get more features

काठमाण्डौं, २ माघ । दर्ता नगरी सञ्चालनमा आएका स्वास्थ्य संथाहरुले दर्ता नविकरणको लागी माघ मसान्तसम्म निवदेन नदिए संस्था स्वतःखारेज हुने भएको छ  ।

गत महिना स्वास्थ्य मन्त्रालयको टोलीले अनुगमन तीव्र पारेपछि बन्द भएको दर्ता तथा नविकरण खुलेर सञ्चालनमा आइसकेकाहरुलार्इ माघ मसान्तसम्म निवदेन दिएर फागुन मसान्तसम्म दर्ता गरिसक्नुपर्ने समयसीमा दिइएको हो । 

अहिले जन स्वास्थ्य कार्यालयमा दर्ता तथा नविकरणका लागि निवेदन दिनेको संख्या ह्वात्तै बढेर दैनिक १५ देखि २० वटासम्म पुगेको छ  । -पुष्प विजुक्छे, सञ्चार अधिकृत,जन स्वास्थ्य कार्यालय काठमाण्डौ

स्वास्थ्य मन्त्रालयको टोलीले अनुगमन गरी बिना दर्ता सञ्चालन भएका स्वास्थ्य संस्था सिलवन्दी गर्न थालेपछि जन स्वास्थ्य कार्यालयमा दर्ता तथा नविकरणका लागि निवेदन दिनेको संख्या ह्वात्तै बढेर दैनिक १५ देखि २०वटासम्म पुगेको जन स्वास्थ्य कार्यालय काठमाण्डौका सञ्चार अधिकृत पुष्प विजुक्छेले बताए ।

अहिले खुल्ला भएको दर्ता तथा नबिकरण प्रकृयामा तीनवटा समुहमा स्वास्थ्य संस्था बर्गाीकरण गरीएको छ । जनस्वास्थ्य प्रमुख महेन्द्र श्रेष्ठअनुसार कतै दर्ता नभएको, घरेलु तथा मझौला उद्योग तथा समाज कल्याण लगायतमा मात्र दर्ता भएका र एकपटक दर्ता भएर पून नबिकरण नगरीएका स्वास्थ्य संस्थाहरु छन् ।

त्यस अनुरुप कतै दर्ता नभएका स्वास्थ्य संस्थाहरुले दर्ता तथा नविकरण गर्न पाउने छैनन् । ति पुन नयाँ भएर आउनुपर्ने श्रेष्ठले बताए । त्यस्तै कतै न कतै दर्ता भएका तर जनस्वास्थ्य कार्यालयमा दर्ता नभएका स्वास्थ्य संस्थाहरुले दर्ता शुल्क सहित शुल्कको ५गुणा बढी जरिवाना तिरेर दर्ता गर्नुपर्नेछ । त्यस्तै एक पटकदर्ता भएर नविकरण नगरी सञ्चालन गरीएको स्वास्थ्य संस्थाले दर्ता शुल्कसहित ३ गुणा बढी जरीवाना तिरेर दर्ता गर्न सक्नेछन् ।

कतै दर्ता नभएको, घरेलु तथा मझौला उद्योग तथा समाज कल्याण लगायतमा मात्र दर्ता भएका र एकपटक दर्ता भएर पून नबिकरण नगरीएका स्वास्थ्य संस्थाहरु मध्ये   कतै दर्ता नभएका स्वास्थ्य संस्थाहरुले दर्ता तथा नविकरण गर्न पाउने छैनन् । ति पुन नयाँ भएर आउनुपर्ने छ । -महेन्द्र श्रेष्ठ, जनस्वास्थ्य प्रमुख,जन स्वास्थ्य

जनस्वास्थ्य कार्यालयका अनुसार माघ मसान्तसम्म दर्ता गर्न निवदेन दिइसक्नुपर्नेछ । निवदेन आएपछि पहिलो चरणमा आवश्यक पूर्वाधार विकासका लागी अनुमति दिइने छ ।

दोश्रो चरण अन्र्तगत अवलोकन गरी आवश्यक पूर्वाधारको प्रक्रिया पुरा गरे त्यस्तो स्वास्थ्य संस्थालाई फागुन मसान्तसम्म सञ्चालन अनुमति दिइने जनस्वास्थ्य प्रमख क्षेष्ठले जानकारी दिए । फागुन मसान्तसम्म आवश्यक भौतिक पुर्वाधार तयार गरी दर्ता सञ्चालन लिनुपर्ने भएपछि जनस्वास्थ्य कार्यालय काठमाण्डौंमा अहिले क्लिनीक सञ्चालकहरुको भीड लागेको छ । 

त्यस्तै, स्वास्थ्यमन्त्रालयले अहिले बिनादर्ता सञ्चालन भएका स्वास्थ्य संस्थाविरुद्ध उजुरी तथा गुनासोका आधारमा छड्के जाँचगर्ने, स्थानीय स्तरमा स्वमसेवक परिचालन गरीरहेको जनाएको छ । कुनै निजि स्वास्थ्य संस्था स्विकृति र नविकरण नगरी मापदण्ड पुरा नभई सञ्चालन भएको थाहा पाएमा मन्त्रालयको चिकित्सा महाशाखामा उजुरी दिएर सहयोग गर्न मन्त्रालयले सवैलाई अपिलसमेत गरेको छ ।

Last modified on 2017-01-16 09:04:51

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts