यी ६ खानालाई तताएर खानु खतरनाक !

What's This?


Download our app to get more features

एजेन्सी ।  हामी सबैको बानी हुन्छ घरमा भएका खाना मध्ये एक छाक खाएर अर्को छाक तताएर खाने । तर, तपाईँलाई यो जानेर आश्चर्य लाग्ला कि सबै खानालाई तताएर खानाले हाम्रो स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।

खाने–पिउने केही यस्ता सामग्री पनि हुन्छन् जसलाई हामीले फेरि तताएर खायौँ भने त्यसले हाम्रो स्वास्थ्यलाई हानी पुर्याउन सक्छ ।

तताएर खाने बानीले क्यान्सरको खतरा पनि बढ्ने हुन्छ । तताएर खानाले त्यसमा भएको प्रोटीन र अन्य पोषक तत्व नष्ट भएर जान्छ । जसले गर्दा त्यसमा भएको केही तत्व क्यान्सरको कारक बन्न सक्छ । जानौँ ती सामग्रीको बारेमा जसलाई फेरि तताएर खानु हुन्न :

१. कुखुराको मासु

कुखुराको मासु पकाइ सकेपछि फेरि तताएर खानाले हानिकारक हुन सक्छ । फेरि तताउनाले पकाइएको मासुमा भएको प्रोटीन अन्य हानीकारक तत्वमा परिणत हुने र त्यसले पाचन सम्बन्धी समस्या उत्पन्न हुन्छ ।

२. आलू

आलू स्वास्थ्यवर्धक हुन्छ तर, आलूलाई पकाएर लामो समयसम्म नखाई राख्नाले यसमा भएको पोषकतत्व नष्ट भएर जान्छ । साथै फेरि तताएर खानाले पाचन प्रक्रियामा नाकारात्मक असर पर्ने हुन्छ ।

३. सलगम (चुकन्दर) 

सलगमलाई पनि पकाइ सकेपछि फेरि तताएर खानु हुन्न । तताउनाले सलगममा भएको नाइट्रेट नष्ट हुन्छ । यदि सलगम चाहिएको भन्दा धेरै बनाउनु भएको छ भने फ्रिजमा राखे हुन्छ । र अर्को पटक खानु भन्दा ३–४ घण्टा पहिले बाहिर झिकेर राख्ने अनि नतताइ खानु पर्छ ।

४. च्याउ

च्याउ हामीले सँधै ताजा नै खाने गर्नु पर्छ । च्याउलाई प्रोटीनको भण्डार मानिन्छ , तर यसलाई तताएर खानाले यसमा भएको प्रोटीनको मिश्रण परिवर्तन हुने र त्यो खाना हाम्रो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

५. अण्डा
अण्डालाई पनि पटकपटक तताएर खानु हानिकारक हुन्छ । अण्डामा पाइने प्रोटीन तताउनाले त्यो विषाक्त बन्छ । 

६. पालग

पालगको परिकारलाई पनि तताएर खानु क्यान्सर रोगको कारण बन्न सक्छ । पालगलाई फेरि तताउनाले त्यसमा भएको नाइट्रेट क्यान्सर हुने तत्वमा परिणत हुन्छ र क्यान्सर हुने सम्भावना बढेर जान्छ ।
 

Last modified on 2017-07-04 15:08:24

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts